एजेन्सी । कुनै प्राणीको शरीरमा सानोतिनो वस्तु फेला पर्नु नौलो कुरा होइन । तर थाइल्याण्डमा भने पोथी कछुवाको शरीरबाट सर्जरी गरेर ९१५ वटा सिक्का निकालिएको छ । कछुवाको शरीरमा यति ठूलो मात्रामा सिक्का कहाँबाट र कसरी गयो भन्ने कुराले सबैलाई चकित पारेको छ ।

कछुवाको पेटबाट सिक्काबाहेक अन्य बस्तु पनि निकालिएका छन् । यसको कारण के हुन सक्छ भन्ने सन्दर्भमा थाईल्याण्डका व्यक्तिहरुले आफ्नो राम्रो भविष्यको लागी एउटा तलाउमा सिक्का फाल्ने गर्दथे । ति सिक्का कछुवाले निल्दै गएकोले त्यत्रो संख्यामा सिक्का जम्मा भएको हुन सक्ने अनुमान छ । आफ्नो तौल ५९ किलो रहेको कछुवाको शरीरबाट बाहिर निकालिएको वस्तुको तौल ६ किलो थियो । उक्त कछुवाको उमेर भने करिब २५ वर्ष रहेको छ ।

शरीरको तौल बढी भएको कारण कछुवालाई पानीबाट निकालेर उक्त कछुवालाई बैंककको श्रीराचा कन्र्जवेसनमा राखिएको थियो । कछुवा हिडडुल गर्न नसक्ने भएपछि उपचारका लागि लगिएको थियो । डाक्टरका अनुसार सर्जरी करिब ७ घण्टासम्म चलेको थियो भने यसलाई पुर्ण रुपमा निको हुन करिब आठ महिना जति लाग्न सक्ने बताइएको छ ।

कछुवाको शरीरभित्रबाट निकालिएका सिक्काको मुल्य कति छ भन्नेबारे खुलाईएको छैन ।

तपाईको प्रतिक्रिया