नेपालमा विध्यार्थी आन्दोलन २००३ सालदेखि सुरुवात भएको हो । केही अगुवा विध्यार्थीहरुको संयुक्त उपस्थितिले जयन्तु संस्कृतम नामक आन्दोलन विभिन्न शैक्षिक संस्थाहरुमा सुरुवात गरे । विभिन्न तहबाट शिक्षा क्षेत्रभित्र हुने असमानताको विरुद्घमा शैक्षिक न्याय र समान्तको पक्षमा आवाजहरु बुलन्द हुदै गए ।

आम विध्यार्थीहरु शिक्षा क्षेत्रमा हुने गरेका सबै खाले असमान्त, विकृती, बिसंगति, अराजक गतिविधी, भ्रष्टाचार, गुण्डागर्दी शैलीहरुको अन्त्य चाहन्थे, थप विध्यार्थी आन्दोलनलाई मजबुद हिसाबले दिर्घकालिन बनाउन आधिकारिक विध्यार्थी संगठनका रुपमा २००८ मा (अनेविफे) अखिल नेपाल विध्यार्थी फेडेरेसनको स्थापना भयो । सविस्तार शैक्षिक संस्थाहरुमा गुणस्तरिय शिक्षा र स्वतन्त्र शिक्षाको एजेण्डाहरुमा चरम आन्दोलन हुदै गयो । केही सतहसम्म पुगिसकेपछि अनेविफे संगठनका विध्यार्थीहरु एक अर्कामा टुटफुट र विभाजित हुदै गए त्यस पछि विध्यार्थी आन्दोलन जीर्ण बन्दै गयो ।

विध्यार्थी आन्दोलनलाई सार्थक र मुर्त रुप बनाउदै नेपाली विध्यार्थीहरुको शैक्षिक हिसाबले गरिने भविष्यको निर्धारणलाई परिकल्पना गरी आम विध्यार्थीको साझा संगठनको रुपमा २०२२ साल जेठ १ मा कक्षा ९ मा अध्यनरत छात्र सुजन खरेलको नेतृत्वमा बामपन्थी बिचारधाराको विध्यार्थी संगठन (अनेरास्ववियु)को गठन भयो । यो संगठनले सविस्तार देश भरीका विध्यार्थीहरुको एजेण्डा र शैक्षिक समस्याहरुको समुल रुपमा नेतृत्व गर्दै गए, क्रमश अनेरास्ववियु विध्यार्थी जमातमा मात्र नभएर नेपालकै एकमात्र परिबर्तनको संबाहक शक्तिको रुपमा दिनानु दिन लोकप्रिय बन्दै गए ।

यसै क्रममा २०२६ सालमा (नेविसं) नेपाल विध्यार्थी संघ गठन भयो जुन संगठन अनेरास्ववियुको बिचार र कार्यशैलि भन्दा फरक रुपमा जन्मियो । अनेरास्ववियुले शैक्षिक संस्थाहरुमा हुने विभिन्न खाले बिकृति, बिसंगति अराजकता र सम्पुर्ण खाले गुण्डागर्दीको अन्त्यको लागि प्रत्यक्ष प्रणालीबाट स्ववियु निर्बाचनका माग गरे, नेपाली विध्यार्थीहरुको सुन्दर सपना र कल्पनालाई पुर्णता दिलाउन सक्ने विध्यार्थीहरुबाट यो संस्था सञ्चालित हुनुपर्दछ भन्ने मुल मागले उपलब्धी हासिल गरे, अन्तत २०२८ सालमा स्ववियु र्निाचनको स्थापना भयो ।

जसको प्रयास उसको सफलता भनेझै स्ववियु निर्वाचनमा समग्र अनेरास्ववियुले बर्चस्व जमायो । इतिहास साक्षी छ, २०२८ मा विध्यालय स्तरमा स्ववियु निर्बाचन भए पुनः त्रिभुवन विश्वविध्यालय आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्बाचन गराउने अनेरास्ववियुको निरन्तर प्रयासले २०३६ मा सम्पुर्ण क्याम्पसहरुमा स्ववियु निर्बाचन सम्पन्न भयो ।
जुन निर्बाचनले अनेरास्ववियुको लोकप्रियतालाई सधैका लागि स्थापित गरायो । विध्यार्थी कै हकहित र अधिकारको पक्षमा संगठित भएका नेविसं र राजाबादी मण्डलेहरुको गठबन्धनले प्रजातन्त्र प्रेमि जनताहरु र न्यायपे्रमि विधार्थीहरुको निमिक्त कहिले हित गरेन, जुनबेला अनेरास्ववियु तानाशाही पञ्चायती ब्यबस्था अन्त्यको विगुल फुक्दै निरन्तर निरन्तर सडकदेखि सदनसम्म संघर्षरत रहन थालिसकेका थिए ।

बहुदलिय ब्यबस्था स्थापनाको निमिक्त नेपाली जनताको भरपुर प्रयास र न्यायप्रेमि अनेरास्ववियु जस्ता विध्यार्थी संगठनको निरन्तर प्रयासमा २०४६ सालमा पञ्चायती ब्यवस्थाको समुल रुपमा अन्त्य भै बहुदलीय ब्यवस्था सुरुवात भयो । संघर्षले अस्तित्व जन्माउछ भनेझै, अनेरास्ववियुले बास्तविक रुपमा आफ्नो संघर्ष र उपलब्धीका इतिहासहरुलाई नामेट अस्तित्वको रुपमा दस्ताबेजीकरण गरिसकेका छन ।
२०६५ का स्ववियु निर्बाचनमा देशभरी कै क्याम्पसहरुमा अनेरास्ववियुको बर्चस्व कायमै रहयो । आजसम्म पनि अनेरास्ववियु नै यो मुलुकको पहिलो ठुलो बिध्यार्थी संगठनको रुपमा जीबितै छ । नेपालमा अहिले धेरै खाले विध्यार्थी संगठनहरु छ । जति वटा राजनीतिक पार्टी त्यत्ति नै बिध्यार्थी संगठनहरु क्रमश संगठित हुदै आइरहेका छन ।

०६५ देखि यता स्ववियु निर्बाचन नहुनुको मुल कारण पनि यसै नबगठित विध्यार्थी संगठनहरुको अशोभाविक मागहरुकै कारण हो । एकातिर पुर्ण समानुपातिक प्रणालीबाट स्ववियु निर्बाचन माग राख्ने संगठनहरुको जबरजस्त रहयो अर्काेतिर प्रत्यक्ष प्रणालीबाटै स्बवियु निर्बाचन हुनु पर्दछ भन्ने संगठनहरुको जबरजस्त रहि रहयो जसको कारण समयमा निर्वाचन हुन सकेन । निर्वाचन नहँुदाको अबस्थामा शैक्षिक संस्थाहरुमा हुने विकृति विसंगतिका भयानक अबस्थाका चिन्ता एकातिर थियो ।

समग्र विध्यार्थी संगठनहरुको मागलाई ध्यानमा राखेर वर्तमान अनेरास्ववियुका केन्द्रीय अध्यक्ष माधब ढुङगेलले ६०% प्रत्यक्ष र ४०% समानुपातिक प्रणालीबाट निर्वाचन गर्नु पर्ने प्रस्ताबलाई अडानको रुपमा अगाडी सारे जुन अडान बर्तमान नेतृत्वका अनेरास्ववियुले छाडेन । जसको फल स्वरुप आज स्ववियुमा सबै विध्यार्थी संगठनहरुको प्रतिनिधित्व हुने किसिमको मिश्रीत प्रणालीबाट स्वतन्त्र विध्यार्थी युनियनको निर्वाचन हुनगैरहेको छ ।

निर्वाचनमा भाग लिने विध्यार्थीहरुलाई कडाईका साथ उमेरको हकबन्दी तोकिएको छ । स्ववियू निर्वाचनमा भाग लिने उम्मेद्धवारहरु २८ वर्षको हुनुपर्ने तोकिएको र उमेरभन्दा एक दिन पनि क्रस भएमा निर्वाचनमा भाग लिन नपाइने व्याबस्था कडाईका साथ लागु भएका छन ।
अनेरास्ववियुको पृष्टभुमि
अनेरास्ववियु आफ्नो स्थापनाकालदेखि नै मुलुकमा विद्यमान रहेको शैक्षिक खाल्डो र असमान्तको विरुद्घमा लड्दै आइरहयो । हुदाँ खाने र हुनेखाने (सरकारी स्कुल र बोडिङ स्कुल) वीचको अन्तर विभेद शिक्षालाई खारेज गरी सबै नेपाली जनताको छोराछोरीहरुले समान हैसियतका शिक्षा आर्जन गर्न पाउनु पर्दछ , जसको परिणाम देशमा स–विस्तार शैक्षिक क्षेत्रबाट सबै तह सम्म सबैखाले विध्यार्थीको समान पहँुच स्थापित हुदै जानेछ भन्ने मागमा अहिेले पनि अनेरास्ववियु आन्दोलनमा छ । त्यतिमात्रै होइन देशभरिका आम विध्यार्थीहरुले सार्बजनिक यातायातहरुमा ४५% पाउदै आएको छु, सार्बजनिक स्थल पार्कहरुमा (चिडियाखाना,भृकुटीमण्डबका पार्क) ५०% छुट टिचिङ हस्टिलमा ४०%उपचारको छुट जस्तो विध्यार्थीहरुको पक्षमा अनेरास्ववियुले ब्यबस्था स्थापित गरीसकेको छ ।

अनेरास्ववियु सजिलै यो देशको शक्तिशाली संगठनको रुपमा स्थापित भएको होइन, यसले आफ्नो राजनीतिक सांगठानिक जीबन यात्रा आज ल्याईपुर¥याउदा सम्म विध्यार्थी हित र राष्ट्रिय हितमा संघर्षरत भएको पाउछौ । अहिले अनेरास्ववियु प्रमाणपत्र धितो राखेर व्याबसायको निमिक्त सरकारबाट विध्यार्थीहरुले ऋण पाउनु पर्छ भन्ने विषयमा आन्दोलित छन । प्रमाण–पत्रको आधारमा इन्टर पास गरेकालाई ५ लाख, स्नातक पास गरेकालाई ७ लाख र स्नाकोत्तर तह पास गरेकालाई १० लाख ऋण पाउनु पर्ने मागमा अनेरास्ववियु आन्दोलीत छन ।

अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा, अर्थतन्त्रमा जोड दिन सक्ने शिक्षा, सबै बर्गमा समान शिक्षा र बैज्ञानिक शिक्षा आजको आवाश्यकता भन्ने सारलाई अनेरास्ववियुले अगाडी सारिरहेको छ । त्यति मात्र होइन राष्ट्रियताको सवालमा जनजीबिकाको सवालमा सदाबहार अनेरास्ववियुको ध्यान आकृष्ट हुने गर्दछ । आफ्नो भुमिको रक्षाको लागि सिमा सिमा किल्लाहरुमा संगठनको झण्डा फरफराउदै सुस्ता पनि हामै्र हो कालापानी हामै्र हो भन्ने नाराका साथमा भारतीय विस्तारवादि शक्तिहरुको अगाडी शिर उच्च पार्ने काम अनेरास्ववियुले गर्दै आईरहेको छ ।

पसिना र रगतले यो देश बनाई छाड्छौ, प्राण भन्दा प्यारो यो देश छुन हामी दिन्नौ, हजार जीबन जीउन बरु तर भुमि दिन्नौ भन्ने आवाजका साथ पश्चिम किल्ला कांगडा देखि पुर्बको टिष्टासम्म भुमी रक्षाको निमिक्त अनेरास्ववियुले अभियान सञ्चालन गरिहेको छ । आज कालापानी र सुस्ताको विषयमा सांसद भवन भित्र छलफल बहस चलिरहेको छ , जुन विषयमा अनेरास्ववियु लामो समयदेखि आन्दोलनमा छ ।
आसन्न फाल्गुन १८ को स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई नै भोट किनत ? भन्ने प्रश्न उठिरहनु र तथ्य खोजिरहनु पर्छ भन्ने लाग्दैन । जनवादी, प्रगतिशिल देशभक्ति विध्यार्थीहरुको साझा संगठन अनेरास्ववियु हिमाल, पहाड, तराईका कुना कन्दराका विध्यार्थीहरुको मन, मुटु र मस्तिस्कमा ढुकढुकी बनेर बसेका छ । रै पनि विध्यार्थीहरुको भोट फेरी अनेरास्ववियुलाई नै किन ? भन्ने प्रश्नमा सहज जवाफ यस्तो छ ।
अनेरास्ववियुलाई नै भोट किन ??
आम विध्यार्थीहरुको माग र मुद्दालाई व्यबस्थित रुपमा सुनिश्चित गर्न ।
विध्यार्थीहरुको हक अधिकारलाई प्राथमिता दिन ।
अव्याबस्थित प्रशासनहरुलाई सद्मार्गमा लिन ।
मुलुकलाई योग्यतावान जनशतिm दिन ।
विकाशोन्मुख तरल राजनीति अवस्थालाई बैधानिता दिन ।
यी यावत बिषयका मुद्दाहरु सुनिश्चिताका लागि सबै विध्यार्थीहरुको नेतृत्व संगठन अनेरास्ववियुको विजय आसन्न फाल्गुन १८ को निर्बाचनले घोषणा गर्नेछ र आज सम्मका अनेरास्ववियुका एक नं. विरासत कायम रहने छ ।।।
अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य

तपाईको प्रतिक्रिया