काठमाडौं : सवारी नियम उल्लंघन गरेवापत ट्राफिक जरिवाना तिर्न अब बैंक जानु नपर्ने भएको छ।

महानगरीय ट्राफिक महाशाखाले बुधबार पत्रकार सम्मलेन गरी ट्राफिक जरिवाना अनलाइन भुक्तानी प्रणालीको सुरुवात गरेको हो। महाशाखाले इ–सेवा र कनेक्ट आईपीएसमार्फत जरिवाना तिर्नसक्ने व्यवस्था गरिएको जानकारी दिएको छ। जरिवाना तिरेपछि ट्राफिक सचेतना कक्षा र कागजात लिनको लागि महाशाखामै आउनुपर्ने ट्राफिक प्रहरीले जानकारी गराएको छ।

‘प्रविधिको दुनियाँमा प्रवेश नगरी दिइने सेवाहरू राम्रो, छिटो र सुविधायुक्त हुन सक्दैन। त्यसैले, हामीले सबै सेवाहरू क्षमता अनुसार विस्तारै प्रविधियुक्त बनाउँदै लैजानुपर्छ’, महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने।

तपाईको प्रतिक्रिया