काठमाडौं, माघ ९–

nepali-cricket-teamआइसिसि वल्र्ड क्रिकेट डिभिजन २ मा नेपाल केन्यासँग ५  विकेटले पराजित भएको छ । नेपालले दिएको  १९५ रनको लक्ष्य केन्याले  ९० बल बाँकी छदै ५ विकेट खर्चिएर भेट्टायो । नेपाल केन्यासँग पराजित भएसँगै डिभिजन १ मा उक्लने सपना चकनाचुर भएको छ ।  यससँगै   अन्तरमहादेशीय कप र विश्व क्रिकेट च्याम्पियनसीप खेल्ने नेपालको सपनामा समेत तुशारापात भएको छ । यसअघि टस हारेर ब्याबटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो । सधैं झैं नेपालका ओपनर ब्याट्स म्यान चल्न नसक्दा सागर पुन १२ तथा सुबास खकुरेल २ रनमै आउट भएका थिए । त्यस्तै ब्याट्सम्यानहरु नरेश बुढाएर शुन्य, कप्तान पारस खड्का २० रनमै आउट हुँदा नेपालको स्कोर ६६ रन पुगेको थियो । त्यस्तै शरद भेषवाकर १८, बिनोद भण्डारी १६ रनमै आउट हुँदा आजको खेलको पारी उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका थिए । उनले ११६ बलमा सात चौकाको मद्दतले ९१ रन जोडे  भने बसन्त रेग्मी चार, सोमपाल कामी पाँच, शक्ति गौचन आठ र करण केसी शुन्य रनमा आउट भए  । – See more at: http://www.ratopati.com/2015/01/23/202512.html#sthash.qL2QEXyq.dpuf

तपाईको प्रतिक्रिया