प्रधानमन्त्रीको गृह नगर झापाको दमकमा मेची महाकाली बुहारी संयुक्त आवाज दमक उपशाखाले बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका दोषीलाई कारबाहीको माग गर्दै  गर्दै बिरोध र्याली गरेको छ ।प्रदर्शनमा सहभागीहरूले सरकारले मुलुकमा शान्ति सुरक्षा बनाउन नसकेका कारण महिला हिंसा बढेको बताएका थिए ।

 

 

दमकको गणतन्त्र चोक देखि निस्किएको र्याली दमक नगरपालिका परिक्रमा गरि पुन गणतन्त्र चोकमा आएर कोणसभा गरेर सम्पन्न भएको छ ।

 

भागिरथिको हत्यारालाई सार्बजनिक गर , बलत्कारिलाइ फाँसी दे , उठ नारी अत्ति भयो धेरै सहदा क्षति भयो , नारी समान होइन सम्मान हो , बलत्कारी खुलेआम बलत्कृत गुमनाम जस्ता प्लेकार्ड बोकेर नारा लगाउदै प्रदर्शन गरेका हुन ।

 

कार्यक्रमका क्रममा बोल्दै सिखा खड्का ( गणेश )ले महिला राष्टपती भएको देशमा महिलानै असुरक्षित हुनु दु:खद भएको बताइन । निर्मला पन्तको हत्यारा अझै पत्ता नलाग्नु , भागिरथिको हत्यारा पत्ता नलाग्नु ले बलत्कारिको मनोबल बढ्ने भएकाले तत्काल हत्यारा सार्बजनिक गरि कडा भन्दा कडा कारबाहिको माग गरिन । बलत्कारीलाई संरक्षण गर्दा झन बलात्कारको घटना बढ्ने हुनाले बेलैमा सरकारले यसतर्फ ध्यान दिन जरुरी रहेको बताइन ।

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज झापाकी संयोजक शिखा खड्का ( गणेश ) , जिल्ला उपाध्यक्ष गंगा भट्टराई , जिल्ला सचिब कविता थापा लगायत धेरै महिलाहरुको उपस्थिती रहेको कार्यक्रमको संचालन दमक उपशाखाकि संयोजक जमुना निरौला अधिकारीले गरेकि थिइन ।

तपाईको प्रतिक्रिया