झापा । नेपाली कथानक चलचित्र रिभेन्ज काे पूर्वमा धमाधम छायांकन भइरहेको छ ।

डिएस डिजिटल सिनेमाकाे प्रस्तुतिमा बन्न लागेकाे चलचित्र माेरङकाे तरहराका विभिन्न क्षेत्रमा छायांकन हुदै छ । शंकर अधिकारी घायलकाे लेखन तथा निर्देशन रहेको फिल्म मा नेपाल बाट बिदेश मा बेचिएका चेलिबेटी हरुकाे कथालाइ समेट्न खाेजिएकाे निर्देशन घायलले बताए ।

नेपालमै पहिलो पटक साउथ मुभिकाे झल्काे दिने गरि चलचित्र पर्दामा ल्याउँने तयारी रहेको बताए । चलचित्रमा कलाकार रविन श्री ,गंगा कुवर ,राेशन बिसी पुष्पराज नेपाल,संचारकर्मी खगेन्द्र घिमिरे ,अमन देव,पदम सुनार ,प्रतिका शर्मा,अार जे भिलेन सरु बराल,रेनु थापा,विशाल अग्रवाल,दिव्य बिटि सुस्मिता पाण्डे ,अम्विका खड्का रहेका छन् ।

कृष्ण पाण्डे काे छायांकन ,देव महर्जनकाे द्वन्द्व ,राम महर्जनकाे नृत्य रहेको चलचित्र जेष्ठ काे द्राेसाे साता दर्शक माझ हलमा प्रस्तुत गरिने बताएको छ । यश चलचित्र ले दर्शककाे मन जित्न सफल हुने निर्माण टिमले विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया