काठमाडौँ : भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हँुदैछ । खेल पुनेमा दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । आजको खेलमा इंग्ल्यान्डका कप्तान इयोन मोर्गन टिममा हुने छैनन् ।

औलाको चोटका कारण उनले दोस्रो र तेस्रो एकदिवसीय क्रिकेट गुमाउने भएका हुन् । इंग्ल्यान्डको कप्तानी जोश बटलरले गर्नेछन् । भारतका तर्फबाट श्रेयार आयर पनि टिममा हुने छैनन् । उनी पनि चोटका कारण सिरिजबाट बाहिरिएका हुन् ।

पहिलो एकदिवसीय जितेको भारतले आजको खेल जिते एक खेल अगावै एकदिवसीय सिरिज आफ्नो पक्षमा पार्नेछ । यसअघि भएको टेस्ट र टी–ट्वान्टी सिरिज भारतले जितेको थियो ।

तपाईको प्रतिक्रिया