एजेन्सी– कोरोना संक्रमित भएका भारतका पूर्व दिग्गज क्रिकेटर सचिन तेन्दुलकर अस्पतालमा भर्ना भएका छन्। मार्च २७ मा उनीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

‘सावधानि अपनाउन र चिकित्सकहरूको सल्लाहपछि म अस्पतालमा भर्ना भएको छु। केही दिनपछि घर फर्कने आशा राखेको छु। तपाईंहरू पनि सावधानी अपनाउनुस् र सुरक्षित बस्नुस्,’ तेन्दुलकरले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

उनले वर्ष २०११ को विश्वकप क्रिकेट जितेको १० वर्ष पुगेको अवसरमा भारतीय क्रिकेट टिम र भारतीय नागरिकलाई शुभकामना पनि दिएका छन्।

तपाईको प्रतिक्रिया