झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा डोजर लगाएर सुकुम्बासी बस्तीको घर भत्काइएको छ । दमक वडा नम्बर ७ मा सरकारी जग्गा अतिक्रमण गरेर बसेको भन्दै दमक नगरपालिकाले डोजर चलाएको हो ।

 

दमकका मेयर रोमनाथ ओलीले अटेरी गरेर बसेका व्यक्तिका घरलाई डोजर लगाइएर भत्काइएको बताए । उनले भने, ‘अहिलेसम्म २० वटा घर भत्किएको छ ।’ त्यसक्रममा स्थानीयले विरोध गर्न सक्ने भन्दै व्यापक प्रहरी परिचालन समेत गरिएको छ ।

 

यसभन्दा अघि पनि केहि घरटहरा भत्काईएपनि तनाव भएपछि रोकिएको थियो । पुन शुक्रबार बाक्लो सुरक्षाघेरा बनाएर यहाँ रहेका संरचनाहरु भत्काउन थालिएको पाईएको छ । अहिले भने यहाँ कुनै अवरोध भने स्थानीयले गरेका छैनन् ।

 

रतुवाखोलाको बाढीका कारण विस्थापित परिवार त्यसक्षेत्रमा बस्दै आएका थिए । प्रशासनले उक्त जग्गा खाली गर्न भन्दै लिखित तथा मौखिक निर्देशन दिदै आएको थियो । डोजर लगाइएको स्थानमा व्यापारिक केन्द्र बनाउने सरकारी तयारी छ ।

 

तपाईको प्रतिक्रिया