सुमित भण्डारी / दमक : दमक नगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि उक्त बस्तीमा बसोबास गर्दै आएका ७ घर परिवारका करिब ३७ जनाको बिचल्ली भएका छन । पुर्व सुचना नगरी उचित बसोबासको उचित ब्यवस्थापन नगरी नगरपालिकाले डोजर चलाएपछि बिस्तापित भएका छ्न ।

 

नगरपालिकाले बिस्तापित परिवारलाई उचित ब्यवस्थापन गर्ने बताए पनि गत शुक्रबार देखि पन्चमुखी टोलका ७ घर परिवार एउटै त्रीपाल मुनि बसेर एउटै भान्सामा खाना खादै आइरहेको पीडित परिवार बलबहादुर बिकले बताए ।

 

“खाद्यान्न , लत्ताकपडा कपडा त नगरपालिकाले लग्यो तर नानिहरुको पढ्ने किताब कापि समेत नगरपालिकाले लगिएको छ कति त घर भित्र बाट पनि निकाल्न पाएनौ ” पिडित बिमला बिकले बताइन ।

अखिल ट्रेड युनियन महासंंघले गर्यो राहत बितरण

 

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश न १ ले दमक नगरपालिकाले डोजर लगाइ भत्काइको बस्तीमा राहत बितरण गरेको छ ।

बिस्तापित परिवारलाई १४ वटा त्रीपाल , १४ बोरा चामल , २८ पाकेट दाल , १४ केजि नुन लगायतका सामाग्री बितरण गरेको हो ।

राहत बितरणको क्रममा अखिल नेपाल ट्रेड युनियन प्रदेस १ अध्यक्षले नगरपालिकाको यो अमानवीय ब्यवहारले गर्दा बिस्तापित भएका परिवारको हक हितमा युनियनले आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश १ सदस्य गगन पुरी , झापा जिल्ला सदस्य दुर्गा चम्लागाइ साथै अखिल नेपाल ट्रेड युनियन  महासंघका प्रदेश १ इन्चार्ज भुपाल सापकोटा , सह इन्चार्ज भानु मैनाली , सह इन्चार्ज उपेन्द्र राय , अध्यक्ष टीका प्रसाईं , उपाध्यक्ष सीता सापकोटा र राज काफ्ले , सचीव पदम दाहाल , सदस्य शिव दाहाल र दिपक फुयल साथै अखिल नेपाल सुकुम्बासी संघ प्रदेश न १ संयोजक धनराज गिरि , दमक अध्यक्ष शसिकला बन्जरा र उपाध्यक्ष कृष्ण कुमाल को उपस्थिति रहेको थियो ।

राहत लिएपछि बिचल्लीत बस्तिका परिवारले युनियनलाई धन्यवाद दिएका छ्न । घर भत्किएको ७ दिन भइसक्दा पनि कसैले पनि साथ र सहयोग नगरेकोमा दुख व्यक्त गरे ।

तपाईको प्रतिक्रिया