दमक / सेवाग्राहीहरुको धेरै भिडभाड हुने दमकको दुई सरकारी कार्यालयमा कोरोनो भाइरस रोकथाम नियन्त्रणका लागि सेनिटाईजर स्प्रे गरिएको छ ।

सानो प्रयास युवा समाज र ह्याप्पी नेपाल दमकको टोलीले आज बिहान इलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय दमक परिसरमा सेनिटाईजर स्प्रे गरेको हो ।

युवा समाज र हेप्पी नेपालको टोलीले सेवा लिन आउने सेवाग्राहीलाई कोरोना कोभिड १९ को संक्रमण नहोस भनेर सेनिटाइजर स्प्रे गरेको हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले बताए ।

प्रशासन कार्यालयको नागरिकता फाँट,राहदानी फाँट,प्रहरी कार्यालय दमकको प्रहरी हिरासत, प्रहरी ब्यारेक,सोधपुछ कक्ष,मुद्दा फाँट लगायतको ठाउँमा सेनिटाइजर स्प्रे गरिएको ह्याप्पी नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया