झापा । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन् । देउवा बैठकमा सहभागी नभए पनि उनको कोटाबाट झापा गौरादहका रेग्मीले नियुक्ति पाएका हुन् ।

परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको उपस्थिति रेग्मीको नियुक्ति सिफारिस गरिएको हो।

तपाईको प्रतिक्रिया