लेेेखक : घनश्याम गाैतम ( नक्कली  प्रचण्ड )

काठमाडौ : अक्सिजन हामीले हरेक पटक श्वास फेर्दा लिई रहेका हुन्छाैँ तर हामीलाई यस्काे महत्व कहिल्यै थाहा भएन जब काेभिडकाे महामारीले सँक्रमितहरुलाई श्वास प्रस्वास मा समस्या पर्न थाल्याे र अक्सिजनकाे हाहाकार हुन थाल्याे अनि मात्र हामीलाई अक्सिजनकाे महत्व थाहा भयाे।

हरेक कुराकाे महत्व त्यसकाे अभाबमा मात्र हुन्छ भन्थे हाे रहेछ । नत्र हामीले दिनका दिन मात्र के भन्ने हरेक क्षण श्वास फेर्दा कहिले कसैलाई पैसा तिरेनाैँ! किन भने हामीले फेर्ने श्वासमा हरेक क्षण अक्सिजन रुखले हामीलाई निशुल्क रुपमा दिई रहेकाे थियाे ।

भर्खरै बिदेशमा काेभिड सँक्रमण भएपछि एकजना बृद्ध ब्यक्तिलाई आई सि यु मा दस बाह्र दिन राखेर डिस्चार्ज गर्ने बेलामा पैसा तिर्न बिल हेर्दा ती बृद्ध मान्छे रुन थालेछन् अनि डक्टरले किन रुनु भएकाे तपाईकाे जीवन त बाँच्याे पैसा महँगाे भयाे भनेर रुनु भएकाे हाे । पैसा ठुलाे कि तपाईँकाे जीवन ठुलाे हाे भन्दा ती बृद्ध ब्यक्तिले भनेछन् ” हाेईन डाक्टर म पैसा महँगाे भयाे भनेर राेएकाे हाेईन मैले १२ दिन कृतिम अक्सिजनकाे यत्राे पैसा तिर्दैछु भने मैले जीवन भर प्रकृति बाट लिएकाे अक्सिजनकाे रिण कति रहेछ । म त याे प्रकृतिकाे रिणि रहेछु याे कुरा आज बल्ल बुझेँ ।

मैले त जीवन भर निशुल्क रुपमा अक्सिजन लिइरहेकाे रहेछु । अब त म जस्लाई भेटे पनि रुख राेप्नु पर्छ प्रकृतिलाई बचाउनु पर्छ भन्छु भनेछन ती बृद्धकाे याे भनाई बाट पनि थाहा हुन्छ साँच्चै याे प्रकृतिले नै हामीलाई जीवन दिईरहेकाे छ र हामीलाई बचाई रहेकाे छ । हामीलाई याे भन्दा अगाडि सायद कहिल्यै यसरी अक्सिजनकाे हा हा कार भएकाे थिएन हाेला । म प्राय सामाजिक सन्जालहरुमा टेलिभिजनहरुमा बिरामीकाे चीत्कार पीडा हेर्दा खप्न नसकेर मन भक्कानिन्छ । याे कस्ताे समय हाे साच्चै हामी कठिन समयमा छाैँ तर जस्ताे सुकै कठिन परिस्थिति अाए पनि सामना गर्नु बाहेक अर्काे बिकल्प पनि त छैन । तर यस्ताे सम्बेदनशिल अवस्थामा पनि अक्सिजन सिलिन्डर लुकाउनु कालाे बजारी गर्नु भनेकाे कति ठुलाे जघन्य अपराध अझ भनाै पापकाे पराकाष्ठ नै हाे ।

कति मानिस राेग र भारक सँग लडेर अरुकाे ज्यान बचाई रहेका छन् । अस्पतालमा डक्टर, नर्ष, अस्पतालका कर्मचारी दिन रात नभनी अाफ्ना बाल बच्चा परिवार छाडेर मान्छेकाे ज्यान बचाउन लागिरहेका छन् यहि समय मा काेहि भने अक्सिजन जस्ताे मान्छेकाे जीवन बचाउने कुरा लुकाउने कालाे बजारी गर्ने ? हुने खाने पहुँच वालाले मात्र सबै सुबिधा पाउने अनि एउटा गरिब जन्ता कहिले एउटा अस्पताल जान्छ त्यहाँ बाट यहाँ अक्सिजन छैन अर्काेमा जा भन्छ त्यहाँ बाट पनि अर्काेमा पठाउँछ यता र उता गर्दा गर्दै अक्सिजन नपाएर बिरामी छट्पटिएर मर्छ यहाँ भन्दा बिडम्बना अरु के हुन सक्छ । आज हरेक अस्पतालमा बिरामी अक्सिजन नपाएर छट्पटिरहेकाछन् अस्पतालमा बेड नपाएर सडकमै अस्पतालकाे बाहिर सुत्न बाध्यछन् कति गरिब जनता सँग उपचार गर्ने पैसा त के खानेकुरा सम्म छैन राेग र भाेकले मान्छे मरिरहेका छन् जलाउने ठाउँ नभएर घाट बाहिर खाेलाकाे किनार मा जहाँ खाली ठाउँ छ त्यहिँ जलाउनु परेकाे छ । यस्ताे हृदय बिधारक दृश्य देख्दा कस्काे मन रुदैन हाेला कस्काे हृदय छुदैन हाेला ।

यस्ताे अापत बिपतकाे समयमा माैका छाेपेर कमाएकाे धनले के काम लाग्छ र?? के हामी सबै मर्नु पर्दैन र? के हामी सबैले जाने ठाउँ एउटै हाेइन र? याे सँकटकाे घडीमा मानबता प्रदर्शन गराैँ । एक अर्कालाई सकेकाे सहयाेग गराैँ धन हुनेले धन सहयाेग गराैँ मन हुनेले मन सहयाेग गराैँ हामी सबै एक भएर काेराेना बिरुद्ध लडाैँ याे लडाईँ हामीले जित्नै पर्छ । नेताज्यु हरु तपाईँहरुलाई पनि मेराे अाग्रह छ अब सबैकुरा छाेडेर जनता बचाउनुस जनता नै नरहे के राजनिति गर्नु हुन्छ कस्ले तपाईलाई भाेट हाल्छ त्यसैले अाफ्नाे भाेट जाेगाउन भएपनि जनता बचाई दिनुस मेराे बिनम्र अनुराेध छ ।

पैसा बिस्तारै कमाउँला पद प्रतिष्ठा पनि बिस्तारै पाईएला तर कसैकाे मृत्यु भए उसकाे जीवन फेरि पाईन्छर?? अाँखा खाेल्नुस नेता ज्यु बिहान भै सक्याे अाँखा खाेल सरकार ढिला भै सक्याे!! हामीले अझै हिम्मत हार्नु हुन्न अाजकाे कालाे दिन हटेर भाेली फेरि सुनाैलाे बिहान अाउने छ !

लेखक गौतम एक हास्यब्यङ कलाकार हुनुहुन्छ । उहालाइ नक्कली प्रचण्ड भनेर चिनिन्छ ।

तपाईको प्रतिक्रिया