काठमाण्डाै – लमजुङको भुलभुले आसपास नै केन्द्रविन्दु बनाएर बुधबार बिहान ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियाे ।

भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।

भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् ।‘तर यकिन विवरण आउन अझै बाँकी छ,’  ।

तपाईको प्रतिक्रिया