दमक, जेठ ८ । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो ।

उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उनको एक हप्तादेखि आईसियु सहितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

उपचारकै क्रममा दिउसो १२ वजे मृत्यु भएको मेचीनगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए ।
२०७४ को स्थानीय निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्ष मेचे स्थानीयस्तरमा अन्यन्तै लोकप्रिय नेताका रुपमा परिचित थिए । उनी आदीवासी जनजाति महासंघ झापाको अध्यक्ष, नेपाली कांग्रेस जिल्ला सदस्य समेत हुन् । वडा अध्यक्ष मेचेको निधनले यतिबेला वडा नम्बर ७ तथा सिंगो मेचीनगर स्तब्ध बनेको छ ।

तपाईको प्रतिक्रिया