दमक : होटल ब्यवसायी संघ दमकद्वारा कोभिड हस्पिटल दमकलाई आइसियु कक्ष निर्माणका लागि १ थान एसी (AC) हस्तान्तरण गरेको छ ।

हस्पिटलमा आइसियु कक्षका लागी एसी (AC) आवस्यक भएको हुनाले होटल ब्यवसायी संघ दमक सहयोग गरेको संघका सह कोषाध्यक्ष भुपेन्द्र न्यौपानेले जानकारी दिए ।

सो कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर तथा अस्पताल ब्यवस्थापन समितिकि अध्यक्ष गिता अधिकारी , संघका कार्यकारी अध्यक्ष सुधिर प्रधान , संघका  महासचिब मदन ढकाल , सह कोषाध्यक्ष भुपेन्द्र न्यौपाने , सदस्यहरु दिपक फुयल , नन्द प्रसाद चौलागाइ , गणेश अधिकारी  साथै अस्पतालको फोकल पर्सन देबी दंगाल लगायतको उपस्थिति रहेको थियो ।

 

सो कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर तथा अस्पताल ब्यवस्थापन समितिकि अध्यक्ष गिता अधिकारीले होटल ब्यवसायी संघलाइ धन्यवाद दिदै सम्पूर्णलाई आफुले सकेको सहयोग गर्न आग्रह गरेकी छिन ।

तपाईको प्रतिक्रिया