सरकारले कोभिड संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिको आयातमा छुट दिने भएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिमा छुट दिने बताए ।

मन्त्री पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताए । मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्बृतिमा गम्भीर असर परेको पनि बताए।

श्रमिकले काम र रोजगारी गुमाएको भन्दै संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता राखेको बताए ।

तपाईको प्रतिक्रिया