झापा, जेठ २३ । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका सदस्य लिलाराज झापालीको समन्वय तथा सुरुङ्गा मेडिसिन सेन्टर एण्ड चन्द्रोदय क्लिनिकको आयोजनामा झापाको कन्काई नगर क्षेत्रका पत्रकारहरुको निःशुल्क होलबडी चेकअप क्याम्प सञ्चालन भएको छ ।

सुरुङ्गा मेडिसिन सेन्टरका प्रमुख यज्ञराज कार्कीका अनुसार पत्रकारहरुलाई सुगर, प्रेसर, कोलीस्टल, मुटु, मिर्गाैला, जण्डिस, पिसाबलगायातका सबै समस्याहरुको निःशुल्क चेकजाँच गरि औषधि समेत वितरण गरिएको छ ।

पत्रकारहरुलाई वरिष्ठ सुगर, प्रेसर, पेट, छाती, मृगौला तथा कलेजो रोग विशेषज्ञ डा.सम्पन्न बुडाथोकीको नेतृत्वमा चेकजाँच गरिएको । समस्या हुने तथा नियमित औषधि सेवन गर्ने पत्रकारहरुलाई निःशुल्क एक महिनाको औषधि वितरण गरिएको कार्यक्रमको समन्वय गर्ने पत्रकार महासंघ प्रदेश समिति सदस्य लिलाराज झापालीले जानकारी दिए ।

कोरोना महामारीबीच पनि जनताको हरपलको सुचनाहरु संकलन गर्न दिनरात नभनी खट्ने पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य जाँचको कार्यक्रम राखिएको हो । स्वास्थ्य शिविरमा कनकाई क्षेत्रका १५ जना पत्रकारले सेवा लिएको कार्यक्रम संयोजक झापालीले बताए । आवश्यक परेको बेला पत्रकारलाई थप सहयोग जारी राख्ने सुरुङ्गा मेडिसिनका सञ्चालक कार्कीले बताएका छन् ।

तपाईको प्रतिक्रिया