सुमित भण्डारी

गौरादह /  जेठ २७ –  नेपाली काङ्ग्रेस गौरादह नगरकमिटीले गौरादह नगरपालिका  भएको कामकारबाहीमा खबरदारी बिज्ञप्ति जारी गरेको छ ।  नगर सभापति यादबराज सेढाईद्वारा हस्ताक्षरित बिज्ञप्तिमा गौरादह नगरपालिकाको कोभिड नियन्त्रण सम्बन्धको फितलो तयारी, नगरका बिबादित गतिबिधि तथा कुहिएको चामल प्रकारण , गरिब तथा मजदुरलाई राहतको ब्यवस्था , किसानले धानको भाउ नपाएकोमा पार्टीको ध्यानाकर्षण भएको बताइएको छ ।

नगरपालिकाले अघिल्लो वर्ष कोभिडको नाममा प्राप्त भएको सहयोग रकम,जिन्सि तथा खाद्यान्न तथा स्वाश्थ्य सामग्रीको विवरण र वितरण भएको तथ्यांक  अर्को आर्थिक वर्ष शुरु हुने बेला भई सक्दा पनि उक्त विवरण सार्वजनिक नभएकोमा नेपाली काङ्ग्रेस गौरादहको  गम्भीर ध्यानाकर्षण भएको र संकलन भएको खाद्य सामाग्री अनुचित भण्डारणका कारण खाना अयोग्य भई नष्ट गरिएको खाद्यान्नको जिम्मेवार जनप्रतिनिधि तथा कर्मचारीहरुबाट चामलको बिगो भराउनु पर्ने तथा  सत्यतथ्य यथासिघ्र सार्बजनिक गर्नुपने बिज्ञप्तिमा लेखिएको छ ।

कारोना महामारी नियन्त्रणमा नगरपालिकाले गरेको कार्यसम्पादन पर्याप्त र चित्तबुझ्दो नभएको भनेर आएको जनगुनासो सम्बोधन गर्न नगरपालिकाले सक्रियता बढाउनु पर्ने भनिएको छ ।गरिव विपन्न र मजदूर वर्गको  घरमा खाद्यन्न सामग्रीको अभाव भई भोकै बस्नु पर्ने दयनीय अवस्था भएकाले   विपन्न र मजदूर परिवारलाई तत्काल राहातको प्याकेज घोषणा र प्रवन्ध गरि कार्यन्वयन गर्न  साथै हाल उत्पादन भएको वर्षे धानको उचित बजार र मूल्य नहुँदा किसानहरु ठुलो मारमा परेकाले यथोचित प्रवन्ध गर्न र निकट भविष्यमा आउने बाढि,कटान, डुवान र प्राकृतिक प्रकोपबाट हुन सक्ने जनधनको क्षतिलाई रोक्न समयमै प्रयाप्त पुर्व तयारी गर्न समेत बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्ति जस्ताको त्यस्तै –

नेपाली काङ्ग्रेस गौरादह नगर कमिटी

आदरणीय गौरादहवासी आमा बुवा,दिदिबहिनी तथा दाजुभाईहरु ।

विगत एक वर्ष देखि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट हाम्रो गौरादह नगरपालिका समेत अछुतो रहन सकेन ।संघिय सरकारले रोकथामका लागि समयमै  समुचित प्रवन्ध गर्न नसक्दा हाम्रा धेरै दाजुभाई दिदिबहिनीहरुले अकालमा जिवन गुमाउनु परिरहेको छ भने गरिव विपन्न र मजदूर वर्गको  घरमा खाद्यन्न सामग्रीको अभाव भई भोकै बस्नु पर्ने दयनीय अवस्था आईसकेको छ ।

आदरणीय महानुभावहरु,

अघिल्लो वर्ष स्थानीय सरकारको रुपमा रहेको गौरादह नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न,संक्रमितहरुको उपचार गर्न, लामो समय लकडाउनको मारमा परेका गरिव विपन्न र मजदूर परिवारलाई राहात वितरण गर्न आन्तरिक श्रोतको परीचालन गर्नुका साथै नगरभित्र तथा देशविदेशमा रहनु भएका ब्यक्ति तथा संस्थालाई सहयोगका लागि अपिल गर्दै कोभिड राहात कोष स्थापना गरेको थियो । सो अनुसार विभिन्न ब्यक्ति ,संघ,सस्थाहरुबाट प्रशस्त मात्रमा नगद,जिन्सि तथा खाद्यान्न सामग्री संकलन भएको थियो भने नेपाली काँग्रेस नगरसमितिको तर्फबाट रु.१,००,१११ ।– एक लाख एक सय एघार रुपैया उक्त कोषमा जम्मा गरेको कुरा स्मरण गराउदछौं ।

आदरणीय महानुभावहरु,

नेपाली काँग्रेस पार्टी सधै विधि, पद्धती,सुशासन र पारदर्शिताको पक्षमा रहदै आएको पार्टी हो । नगरपालिकाले अघिल्लो वर्ष कोभिडको नाममा प्राप्त भएको सहयोग रकम,जिन्सि तथा खाद्यान्न तथा स्वाश्थ्य सामग्रीको विवरण र वितरण भएको तथ्यांक सार्वजनिक गर्नेछ भन्ने विषयलाई धैर्यतापूर्वक प्रतिक्षा गरिरहेका थियौं तर अर्को आर्थिक वर्ष शुरु हुने बेला भई सक्दा पनि उक्त विवरण सार्वजनिक नहुदा तथा संकलन भएको खाद्य सामाग्री अनुचित भण्डारणका कारण खाना अयोग्य भई नष्ट गर्नु परेको घटनाले नेपाली काँग्रेस पार्टी गौरादहको गम्भिर ध्यानाकर्षण भएको छ । नगरवासीले तिरेको कर तथा दाताहरुले आफ्नो गाँस काटेर महामारीमा गरेको मानविय सहयोगबाट प्राप्त सामग्रीको समुचित संरक्षण गर्न नसक्नु गौरादह नगरपालिकाको लापरबाहि तथा अक्षम्य कार्य हो ।यो घटनाले नगरपालिकाप्रति दाताहरुको विश्वास घटेको छ भने जनप्रतिनिधि र कर्मचारीहरुको कार्यक्षमता र जवाफदेहितामा समेत प्रश्न उठेको छ । तसर्थ जनप्रतिनिधिज्युहरु र सरोकारवाला कर्मचारीहरु र सिङ्गो नगरपालिकाले नगरको प्रतिष्ठा उच्च राख्न गौरादह नगरकार्यपालिकाका सदस्यज्यूहरु र सम्बन्धित कर्मचारीहरुबाट यो नोक्सानको शोध भर्ना गरि गराई भविष्यमा यस्ता घटना नदोहार्याउन नेपाली काँग्रेस नगरपालिका समक्ष जोडदार माग गर्दै नेपाली काँग्रेसको तर्फबाट निर्वाचित कार्यपालिका सदस्यज्यूहरुलाई तत्काल सो अनुरुप गर्नु हुन नेपाली काँग्रेस नगरसमिति हार्दिक अनुरोध गर्दछ ।

आदरणीय महानुभावहरु,

कोरोना भाइरसको दोस्रो लहर अझ बढि संक्रामक र घातक रहेको छ । यो संक्रमणका कारण हामीले  हाम्रो नगरका धेरै जना प्रियजनहरुलाइै गुमाइरहेका छौ भने यसको तेस्रो लहरको समेत प्रक्षेपण गरिदैछ जसका कारण विपन्न तथा मजदूर वर्ग अत्यन्तै ठुलो संकटमा पर्दै हुनुहुन्छ तसर्थ कोभिडका कारण ज्यान गुमाउनु भएका ब्यक्तिको परिवारलाई, कोभिडबाट संक्रमित ब्यक्तिलाई र विपन्न र मजदूर परिवारलाई तत्काल राहातको प्याकेज घोषणा र प्रवन्ध गरि कार्यन्वयन गर्न नगरपालिका समक्ष नेपाली काँग्रेस गौरादह नगर समिति जोडदार माग गर्दछ साथै हाल उत्पादन भएको वर्षे धानको उचित बजार र मूल्य नहुँदा किसानहरु ठुलो मारमा परेकाले यथोचित प्रवन्ध गर्न र निकट भविष्यमा आउने बाढि,कटान, डुवान र प्राकृतिक प्रकोपबाट हुन सक्ने जनधनको क्षतिलाई रोक्न समयमै प्रयाप्त पुर्व तयारी गर्न समेत अपिल गर्दछौं ।

आदरणीय महानुभावहरु

जनताको मतको नासो प्राप्त गरेर तथा राष्ट्रसेवकको सिन्दुर पहिरिएर आए पछि हामी जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरु नागरिक मैत्री,पारदर्शी,जवाफदेहि र उत्तरदायि बन्नै पर्छ । विपतको समयमा होस वा सामान्य अवस्थामा, हामी हाम्रो कर्तव्यबाट च्युत भयौं भने ढिलासुस्ती,कमिशनतन्त्र,भ्रष्टचार जस्ता गम्भिर अपराधमा जानी नजानी संलग्न भयौं भने क्षणिक लाभ त होला तर त्यसको दूरगामी परिणाम सुखद हुदैन तसर्थ गौरादह नगरपालिका नागरिकमैत्रि,सुशासनयुक्त,पारदर्शी र नगरवासीप्रति जवाफदेहि हुनपर्छ भन्ने नेपाली काँग्रेस गौरादहको चट्टानी अडान रहेको छ । नगरपालिकाले गर्ने सबै प्रकारका नागरिकमैत्री योजना निर्माण गर्न र रचनात्मक कार्यमा नेपाली काँग्रेस गौरादह नगर समिति नगरपालिका र नगरबासीको साथमा सधै रहने प्रतिबद्धता समेत यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछौं।

अन्त्यमा कोभिड लगायत अन्य कारणले स्वर्गारोहण हुनु भएका सबै नागरिकप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं साथै कोभिडको उपचाररत् सबै आमाबुवा, दाजुभाई , दिदीबहिनीहरुको शिघ्र स्वाश्थ लाभको कामना गर्दछौं। धन्यवाद

जय नेपाल

तपाईको प्रतिक्रिया