“ओ माइ गड हाइट चांही हुनै पर्छ” यस्तै भनिरहेकी थिईन कोवीशा श्रेष्ठ(२२) ले । तर अहिले सम्म ब्वाइफ्रेन्ड भने छैन उनको । बनाउने सोचमा छु उनि भन्छिन् तर म संग केटाहरु खुबै डराउंछन् किन हो थाहा छैन । घरमा उनलाई मायाले सवै कबु भनेर बोलाउने गर्छन । एक्ली छोरी भएकाले पनि होला उनले हांस्दै भनिन् म चार दाजुभाईको एक्ली चेली हुं । उचाई ५ फिट ४ इन्चकी धनी दोलखाकी कोवीशा अहिले भने सोह्रखुटेमा प्लसटु सकेर बसेकी छिन् । उनको तश्विर इकान्तीपुर र काठमाण्डौ क्रेज डट कममा हेर्न सकिन्छ । चलचित्र र म्युजीक भिडियोमा जमेकी छिन् । उनले चलचित्र जन्जीर र कुख्यातमा पनि अभिनय गरेकी छिन् तर रिलिज हुन भने बांकी छ । फुर्सदमा घुम्ने बानी छ उनको । टिभी हेर्न गित सुन्न पनि मन पर्छ रे उनलाई । फेसबुकमा पनि झुम्मीने गरेकी छिन् । आफूले चिनेका लाई मात्र एक्सेप्ट गर्ने बताउंछिन् । आफ्नो ओठ मन पर्ने उनलाई ककनी, नगरकोट, चोभार, गोदावरी घुम्न मन पर्छ । प्रेमका लागि दिमाग की मन भन्ने कुरामा उनि दुइटै आवश्यक पर्ने बताउंछीन् ।

तश्विर :नवराज वाग्ले

 

 

 

तपाईको प्रतिक्रिया