काठमाडौं, १४ वर्षको कलिलो उमेरमा माओवादी जनयुद्धमा लागेकी पूर्व लडाकू मीरा राईले म्याराथनमा उपाधि हासिल गरेकी छिन् । राईले फ्रान्समा भएको ८० किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि जितेकी हुन ।

भोजपुर घर भएकी मीरा सानै उमेरमा माओवादी सेनामा प्रवेश गरेकी थिइन । तर माओवादीको शान्ति प्रक्रियामा अवतरणपछि सेना समायोजनका बेला भने उनलाई अयोग्य भनेर निकालिएको थियो । अयोग्यको बिल्ला भिराएपछि निराश मीरालाई कराते खेलाडी साथी पुर्णिमा मगरले काठमाडौं बोलाएपछि उनी खेलक्षेत्रतर्फ सक्रिय हुँदै आएकी थिइन ।

शनिबार भएको ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनमा मीरा महिलातर्फ पहिलो भएकी हुन् । मीराले निर्धा्रित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेण्डमा पुरा गरेकी छन् ।
म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र अमेरिकीकी हिलारी एलिन तेस्रो भएकी छिन् । ६० किलोमिटरसम्म अन्ना अगाडि थिइन् । तर, त्यसपछि मीराले उनलाई पछि पारिन् र उपाधि जितिन् ।

गत वर्ष हङकङ आइल्याण्ड ट्रेल रेस जितेकी थिइन् । लगतै साउथ चाइना मर्निङ पोष्टमा उनको जीवन सर्घषका कथा आएपछि उनी अन्तराष्ट्रिय स्तरमै चर्चाको विषय बन्न पुगेकी थिइन् ।

तपाईको प्रतिक्रिया