भारतमा कोरोनाको कहर बढ्दै, एकैदिन झण्डै तीन लाख संक्रमित

भारतमा कोरोनाको कहर बढ्दै, एकैदिन झण्डै तीन लाख संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार भारतमा झण्डैतीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो । भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ । मंगलबार क...

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु
२० चैत, एजेन्सी। ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ । ७२ जना घाइते भएका छन् । ताइवानको ह्वालियन सहरको सुुरङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको बीबीसीले जनाएको छ । ट्रकमा ठोक्किएको रेल लिगबाट चिप्लिएर सडकमा पुगेको थियो । दुर्घटनाबाट रेलको आठ ओटा डब्बामध्ये पाँच ओटा डब्बा क्षतिग्रस्त भएको छ । ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल...

क्रिकेटर सचिन तेन्दुलकर अस्पतालमा भर्ना

क्रिकेटर सचिन तेन्दुलकर अस्पतालमा भर्ना
एजेन्सी– कोरोना संक्रमित भएका भारतका पूर्व दिग्गज क्रिकेटर सचिन तेन्दुलकर अस्पतालमा भर्ना भएका छन्। मार्च २७ मा उनीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । ‘सावधानि अपनाउन र चिकित्सकहरूको सल्लाहपछि म अस्पतालमा भर्ना भएको छु। केही दिनपछि घर फर्कने आशा राखेको छु। तपाईंहरू पनि सावधानी अपनाउनुस् र सुरक्षित बस्नुस्,’ तेन्दुलकरले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। उनले वर्ष २...

कोरोनाभाइरसको उत्पत्तिबारे डब्ल्यूएचओको नयाँ रिपोर्ट सार्वजनिक

कोरोनाभाइरसको उत्पत्तिबारे डब्ल्यूएचओको नयाँ रिपोर्ट सार्वजनिक
कोरोनाभाइरसको उत्पत्तिको विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एउटा रिपोर्ट सार्वजनिक भएको छ । डब्ल्यूएचओको एक समूह यो विषयमा अनुसन्धान गर्न चीन भ्रमण गएको थियो । अनुसन्धान टीमको रिपोर्टमा कोरोना महामारीको विषयमा केही महत्वपूर्ण जानकारी दिइएको छ । डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडनहोम गेब्रेयाससले भने, ‘यो रिपोर्ट एउटा निकै राम्रो सुरुवात हो तर यो अन्त्य...

जलवायु संकटसम्बन्धि भर्चुअल सम्मेलनको लागि ४० देशका प्रमुखलाई बाइडेनको निमन्त्रणा

जलवायु संकटसम्बन्धि भर्चुअल सम्मेलनको लागि ४० देशका प्रमुखलाई बाइडेनको निमन्त्रणा
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु संकट सम्बन्धी भर्चुअल शिखर सम्मेलनको लागि ४० देशका राष्ट्रप्रमुखहरुलाई आमन्त्रण गरेका छन्। ह्वाइट हाउसले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको द गार्डियनले लेखेको छ । दुई दिनसम्म चल्ने शिखर सम्मेलनको लागि बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसहित ४० राष्ट्रप्रमुखलाई आमन्त्रण गरेक...

भारतमा एकैदिन झण्डै ६० हजार कोरोना संक्रमित भेटिए

भारतमा एकैदिन झण्डै ६० हजार कोरोना संक्रमित भेटिए
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ५९,०६९ नयाँ संक्रमित भेटिएका छन् । यस्तै, ३२ हजार ९ सय १२ संक्रमित निको भएका छन् भने २५७ को मृत्यु भएको छ । यो नयाँ केस १७ अक्टोबरपछिको सबैभन्दा धेरै हो । त्यतिबेला ६१,८९३ बिरामी भेटिएका थिए । बिहिबार सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २५,८५७ को वृद्धि भएको छ । यो लगातार दोस्रो दिन थियो जब सक्रिय संक्रमित २५ हजारभन्द...

मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान

मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान
एजेन्सी, २२ फागुन । बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगामा फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् । ला लिगाले मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान गरेको छ । मेस्सीले फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बन्दै ’प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् । ३३ वर्षीय मेस्सीले फेब्रुअरीमा ५ खेलमा ७ गोल गरेका थिए । मेस्सी ला लिगामा सर्वाधिक गोलकर्ताको शीर्ष स्...

दक्षिण भारतमा सडक दुर्घटना, १४ जनाको मृत्यु

दक्षिण भारतमा सडक दुर्घटना, १४ जनाको मृत्यु
नयाँ दिल्ली : भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ । दुर्घटनामा आठ महिला मारिएका छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ । प्रहरीकाअनुसार दुर्घटना कुर्नूल जिल्लाको मदार...

भारतमा संक्रमितको सङ्ख्या एक करोड सात लाख बढी

भारतमा संक्रमितको सङ्ख्या एक करोड सात लाख बढी
नयाँ दिल्ली : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजार १९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १२३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबा...

राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर

राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर
काठमाडौं : संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेगरी मद्दतका लागि ३ दर्जनजति मुलुकले ४३ करोड ९० लाख डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । राष्ट्रसंघले आशा गरेको एक अर्ब ५० करोडको तुलनामा यो रकम निकै कम हो । भिडियो कन्फरेन्स मार्फत सदस्य दातृ मुलुकहरुसँगको अन्तक्र्रियामा यस्तो प्रतिबद्धता व्यक्त भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले ज...