यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ । ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन । तर जबकि कुनै मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो रहेछ ।
थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तिनछक पारिदिएका छन् । आफ्नी भूतपूर्व प्रेमिकाको मृत्युपछि मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकोले आफूले सोही सर्पसँग बिहे गरेको जिकिर उनको छ ।
मृत्युपछि आफ्नी प्रेमिका गोमन सापको रुपमा जन्म लिएर आफ्नो पत्नी बन्न आएको दाबी उनको छ । गोमन सर्पलाई निकै रिसाहा तथा विषालु सर्प मानिन्छ । तर अनौठो त के भने ती युवकलाई अहिलेसम्म त्यो सर्पले कुनै आक्रमण गरेको छैन ।
एजेन्सी