कबिता :
–सानी नानी, झरिन् उनी आकाशमाथिको लोकबाट,
सकिनन् माता बर्षाले रोक्न, झरिन् नानी गरि आट।
— दौडिन उनी छोडी जीउ , चालिन साना पाहिला,
पिता पवनको डरले डाक्यो , पर्ला ए भुषड्मा मैला।
–छोरी शितल लागिन् पश्चिम् , रमाए बिरुवाका परिवार,
गाए गीत पातहरुले, सम्झिए शरदको परोपकर।
–(आँखा चिम्ली, मुस्कुरएर जब गर्यो उस्ले परीको स्वागत ,
फाटे पाप , तुहिए लोभ, अङघाले माया र सुखले,)
अदृश्य यी परीले भन्दा दिन सक्छ के खुसी कसैले?
–साथी चरीहरु नाच्न लागे लौ हेर गगनमा,
धर्ती आमा पनि मक्ख परिन देखि सन्तान काखमा।
–जाउ छोडी आउ नानीलाई माथी लोकमा ए चरी,
फेरि आउने , नाच्ने बाचा गरि गइन हाम्री शितल परी।
-कौशल गौतम , गौरादह झापा