सुमित भण्डारी 

 

गौरादह : झापाको गौरादहमा गौरादह नगर स्काउटले इलाका प्रहरी कार्यालय गौरादह र गौरादह ट्राफिक प्रहरीको समन्वयमा मालवाहक गाडी , स्कुटर , वाइक साथै साइकल यात्री र पैदल यात्रीलाई सेनिटाइज गर्दै मास्क वितरण कार्य सम्पन्न गरेको छ ।

गौरादह नगर स्काउटको टोलीले आज बिहान गौरादह ट्राफिक भवन कार्यालय अगाडि सम्पुर्ण सवारी साधनमा सेनिटाइज गर्दै मास्क समेत बितरण गरिएको हो ।

 

सो कार्यक्रम पश्चात् स्काउट टोलिले वार्ड न. १ मा रहेको केहि कोरोना संक्रमीतहरुको घरमा , इलाका प्रहरी कार्यालय परिसरमा र गौरादह बजारको सम्पुर्ण क्षेत्रमा सेनिटाइज गरेको नगर स्काउट सदस्य योगेस न्यौपानेले बताए ।साथै अबको ७ दिनसम्म नगरका विभिन्न क्षेत्रमा सेनिटाइज गर्ने उनले बताए ।

 

उक्त कार्यक्रममा गौरादह नगर स्काउट समिती संयोजक गंगा कार्की , गौरादह ट्राफिक प्रमुख लक्ष्मी ओझा ,ट्राफिक प्रहरी भोजराज चम्लागाई लगायत सम्पूर्ण नगर स्काउट सदस्यहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया