दमक : झापाको दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबी सहित प्रहरीमा किटानी जाहेरी परेको छ। परिवारले सेजलको उनकै प्रेमीले बलात्कारपछि हत्या गरेको भनी दाबी गरेका छन ।

सेजलका बुवा सरोज कोइरालाले भने “प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाउछ त्यसैले आज हामिले प्रहरीमा जाहेरी दिएका छौं ” ।

दमक प्रहरीले हत्यामा संलग्न रहेको आरोमा सेजलका प्रेमी स्थायी ठेगना भोजपुर घर भई हाल दमकमा बसोबास गर्ने अरुण राईलाई नियन्त्रणमा लिएको छ ।

“पोष्टमाटम रिपोर्ट र परिवारको किटानी जाहेरीका आधारमा १ जना लाई नियन्त्रणमा लिएको छौ” इलाका प्रहरी कार्यलय दमकका डिएसपी नवराज कार्कीले बताए । थप अनुसन्धानका लागि आरोपितलाई म्याद थपका लागि भोली अदालतमा पेश गर्ने तयारी रहेको उनले बताए ।

सेजल दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन । उनको गत बिहीबार मृत्यु भएको थियो ।आफनै शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटिएकी थिइन । साथीहरुले उनलाइ उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका लगत्तै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया