झापा / झापामा असार २१ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । आज सम्पन्न डिसीसीएसीको बैठकले निषेधाज्ञा पुन थप गरेको हो । आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार २१ गते राति १२ बजेसम्मका लागि कायम राख्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो।

हाल खुल्दै आएका अत्यावश्यक पसलहरुको समयलाई बढाइएको छ । जुन विहान ६ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

 

सरकारी, सार्वजनिक संस्था, बीमा लगायतका कार्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालमा गरी गराई भिडभाड नगरिकन आलोपालो प्रणाली अवलम्बन गरी सेवा प्रवाह गर्ने निर्णयमा उल्लेख छ ।

मल खाद, बिउ विजन, कुखुरा चल्ला दाना पसल, पशुपंक्षीका आहारा तथा कृषी सम्बन्धि पसल भने विहान ६ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

यसका साथै औषधी र स्वास्थ्य सामाग्री, ईन्धनबाहेक अन्य पसल तथा व्यवसाय पुर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दूध डेरी, पस्तक,  निर्माणजन्य सामाग्री, ईलेक्ट्रोनिक, टेलरिङ . ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा. गाडी/मोटरसाईकल शोरुम, प्लास्टिक तथा मेसीनरी, फर्निचर पसल विहान ६ बजे देखी दिउसो ३ बजे सम्म संचालन गर्न पाईने आदेशमा उल्लेख गरिएको छ ।होटल तथा रेष्टुरेन्टका टेक अवे सेवा मात्र सञ्चालन गर्न पाइने छ ।

बैठकले अत्यावश्यकसेवाहरु बाहेकका सबै प्रकारका नीजि सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणाली अन्तरगत झापा जिल्ला भरी सञ्चालन गर्न पाउने निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न पाइने छैन ।

सिनेमा हल, पार्टी प्यालेस, सैलुन, मनोरञ्जन स्थाल, पार्क, स्विमिङ पुल, ब्युटि पार्लर जिम खाना बन्द हुने जनाइएको छ ।




तपाईको प्रतिक्रिया