मेघराज राउत

असार २० / दमक : झापाको दमकमा रहेका लायन्स क्लवहरुले D.G. WEEK सर्विस कार्यक्रम सम्पन्न गरेका छन । जुलाई १ देखी शुरु भएको उक्त कार्यक्रम ३ चरणमा सम्पन्न गरिएको हेल्पिंग हर्ट्स क्लबका कल्व अध्यक्ष गंगादेव चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार दमकमा रहेका २२ वटा विभिन्न लायन्स क्लवहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।

समाजमा रहेर सामाजिक गतिविधिमा लायन्सको प्रत्यक्ष सहभागीता रहि अग्रणी रुपमा सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको र खास गरी “जहाँ समस्या त्यहाँ लायन्स भन्ने भावना अनुरुप लायन्स क्लवले समाजमा विभिन्न क्षेत्रहरुमा उल्लेखनिय कार्यहरु गर्दै आएको स्पेशल एडभाईजर बिमल शर्माले प्रष्ट पार्नुभयो ।

 

 

कार्यक्रममा दमक स्थित नेपाल रेडक्रस सोसाईटी दमक र लाईफलाईन अस्पताल दमकमा गरी १४२ पिन्ट रक्तदान भएको जानकारी रक्त सञ्चार सेवा प्रमुख टंक प्रसाद दाहाल (सिद्दार्थ) ले जानकारी दिनुभयो । अहिलेको विषम परिस्थितिमा समेत लायन्सले सामाजिक दुरी कायम गरी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै रक्तदान गर्नु समाज प्रतिको उल्लेख्य कार्यमा पर्ने जनाउनुभयो ।

 

यसैगरी हेल्पिंग हर्ट्स क्लवमा आबद्द सदस्यहरुले हरित नगर नमुनाका लागी आ-आफनो घरमा कागती लगायतका विरुवा रोपिएको थियो ।

 

वातावरण संरक्षण तथा भविष्यमा अक्सिजन सहजताका लागी मोरंग जिल्लाको मिक्लाजुंग मा पर्ने मावा नुनसरी तटबन्धमा २०० भन्दा बढि विभिन्न प्रजातीका बिरुवाहरु वृक्षारोपण गरी वातावरण संरक्षण तथा प्रवर्द्दन कार्यमा लायन्सले सक्रिय रुपमा सहभागीता जनाएको जोन चियर पर्सन काशी खातीले कार्यक्रममा बताउनुभयो ।

आफले आर्जन गरेको आयबाट आफनो लागी मात्र नभई लायन्सको माध्यमबाट समाजमा देखा परेका विभिन्न समस्याहरु माथी सामाजिक गतिविधिहरु सञ्चालन गर्नु लायन्सको कर्तव्य रहेको महशुश गर्दै विगत देखी हाल सम्म धेरैवटा सामाजिक कार्यक्रमहरु सञ्चालन गरिसकेको र भविष्यमा समेत कार्यक्रम सञ्चालनको दायरा थप बृहत बनाउदै लगिने जोन चियर पर्सन लायन तुलसीराम तिम्सिनाले प्रष्ट्याउनुभयो ।

यसैगरी समाजमा रहेका कुनै व्यक्तिहरु भोकै बस्न नपरोस भन्ने उद्देश्यले भर्खरै मात्र दमकमा फुड बैंकको स्थापना गरिएको र यस फुड बैकमा इच्छा हुने दाताहरुले जम्मा गर्न सक्ने तथा आवश्यकता हुनेले लगेर प्रयोग गर्न सकिने गरी स्थापना गरिएको कार्यक्रममा बताईएको छ । उक्त कार्यक्रममा डिष्ट्रिक गर्भनर लायन रेवत बहादुर कार्की लगायतको टिमको उपस्थितिमा सम्पन्न गरिएको छ ।

यस अवसरमा यस पवित्र कार्यमा सहयोग पुयाउनुहुने लायन्सकर्मीहरु लगायत सम्पूर्ण शुभेच्छुकहरुमा डिष्ट्रिकको टिमबाट धन्यवाद प्रदान गर्दै आगामी दिनहरुमा समेत लायन्सकर्मीहरु बाट यस्तै प्रकारका सामाजिक गतिविधिहरु सञ्चालन गरी लायन्सको गरिमा उच्च राख्ने अपेक्षा गरिएको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया