मेघराज राउत, दमक

असार २३/ झापा : झापाको दमकमा रहेका लायन्स क्लबहरुले “जहाँ आवश्यकता त्यहाँ लायन्स ” भन्ने मूल नारा चरितार्थ गरेका छन ।

डि.जी. विक सर्विस अन्तर्गत सप्ताह व्यापी रुपमा डिष्ट्रिक गर्भनर अनरिंग प्रोग्राम अन्तर्गत लायन रेवत बहादुर कार्कि को टिम समेत उपस्थिति भई विभिन्न क्षेत्रहरूमा सामाजिक कार्यहरु भईरहेका छन् ।

दमक नगरपालिकाको वार्ड न. ८ र ९ मा रहको अति विपन्न, असहाय, एकल महिला , फरक क्षमता भएका व्यक्ति र खास गरी लामो समयदेखी दिर्घकालिन रोगले ग्रसित भएका घर-घरमा गएर उनिहरुको आवश्यकता बमोजिम खाद्यान्न , लत्ताकपडा , स्वास्थ्य सामाग्री, त्रिपाल लगायतका सामाग्रीहरु हेल्पिङ हर्ट्स लायन्स क्लबले बितरण गरेको छ ।

अध्यक्ष गंगादेब चौधरीका अनुसार समाजमा ओझेलमा परेका, विभिन्न परिवार हरुको खोजी पहिचान गरी उनिहरूको आवश्यकता बुझी सोहि  बमोजिम सामाग्री वितरण गरिएको बताउनु भयो ।

हेल्पिङ हर्ट्स क्लबले आयोजना गरेको उक्त कार्यक्रममा जोन चियर पर्सन कासी खातीको प्रमुख आतिथ्यतामा २३ जना क्लब मेम्बरहरूको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका सचिव तोयानाथ चापागाईंले संचालन गरेका थिए भने कार्यक्रमको औचित्यका बारेमा हंगर रिलिफ कार्यक्रम संयोजक लायन अमन शाहले प्रष्ट पार्दै आगामी दिनहरूमा समेत यस हेल्पिङ हर्ट्स क्लबले यस प्रकारका कार्यक्रम आयोजना गरिने बताउनु भयो ।

कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको जोन चियर पर्सन लायन काशी खातीले अहिलेको डि.जी. सप्ताह सर्विस अन्तर्गत विभिन्न २२ वटा लायन्सले समाजमा आवश्यकता अनुसार सर्विस गरिरहेको बताउनुभयो ।

उहाँले लायन्सकर्मी तथा लायन्स नेतृत्व टिमलाई समेत कार्यक्रम स्थलबाट नै धन्यवाद दिनुभयो । साथै यस लायन्स क्लब हेल्पिङ हर्ट्सले आयोजना गरेको यस कार्यक्रमले लायन्सको गरिमा उच्च राख्न थप सहयोग भएको समेत चर्चा गर्नुभयो ।


हेल्पिङ हर्ट्सले आयोजना गरेको आजको यस कार्यक्रममा स्पेशल एडभाइजर लायन विमल शर्मा तथा भाइस प्रेसिडेन्ट लायन युबराज गज़मेरको समेत भूमिका रहि लायन विक्रम शाहले उक्त कार्यक्रम समस्यामा परेका परिवारको खोजी – खोजी पहिचान गरी सामाग्री हस्तान्तरण गर्न भूमिका निवाही गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया