झापा : केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार थप १०० रुपैयाँले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।

 

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

 

यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर आज एक हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया