झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा साफ आयोजना गर्ने बताएका छन्। राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमै साफ आयोजना गर्ने बताएका हुन्।

‘तपाईँहरुले जित्नुहुन्छ भने नेपालमा साफ खेल आयोजना गरौं,’ प्रधानमन्त्री ओलीले भने। त्यसका लागि उनले मन्त्रीलाई पनि गर्न सकिने नसकिनेबारे प्रश्न सोधेका थिए।

ओलीले सहभागी खेलाडीहरुलाई- आर यु रेडी फर विन साफ भन्दै प्रश्न गरेका थिए। जवाफ खेलाडीहरुले सक्छौं भनेका थिए।

प्रधानमन्त्री ओलीले खेलेर मात्र होइन, एकपटक जित्नलाई मात्र होइन, पटक पटक जित्नलाई खेल्नुपर्ने सुझाएका थिए।

तपाईको प्रतिक्रिया