रास्ट्रीय युवा संघका नेता दुर्गा गौतम

झापा: प्रधानमन्त्रीको गृह क्षेत्र झापाको गौरादह नगरपालिका स्थित डिपुचौकमा सर्वोच्च अदालतले असंवैधानिक फैसला गरेको भन्दै विरोध कार्यक्रम आयोजना गरिएको छ।

संसद पुनर्स्थापना गर्ने कार्य गणतन्त्र विरुद्दको फैसला भएको भन्दै युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनामा विरोध सभा गरिएको हो।

कार्यक्रममा अनेरास्ववियु गौरादह कृषि क्याम्पसका सदस्य पुर्ण बहादुर राणाले सर्वोच्च अदालतले गरेको गलत फैसला विरुद्ध गित मार्फत विरोध जनाएका थिए ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य तथा झापा  जिल्ला अध्यक्ष समर्पण खतिवडाले तत्काल संकटकाल लगाईयोस, देशी बिदेशी प्रतिकारबादीका षड्यन्त्रमा जे आदेश भएको छ नेपाली युवा यो मान्न तयार छैनन ।सर्वोच्चद्वारा जारी फैसला लोकतन्त्र र कानुनी शासनको बलात्कार मात्र नभएर नेपाली इतिहासमा कालो अध्यायको सुरुवाती चरण भएको र नेपाली युवा र नेपाली जनता राजनेता केपि ओलीका पक्षमा छन, प्रधानमन्त्री ज्यु नझुक्नुस भनी अघि बढ्नलाई आग्रह गरेका छन ।

विरोध कार्यक्रममा युवा संघ नेपाल र अनेरास्ववियूका स्थानिय देखि केन्द्रिय नेतृत्व सम्मका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो भने संविधान सभा सभासद दिपक कार्की , नेकपा गौरादह नगर अध्यक्ष मित्रदेब काफ्ले , अनेरास्ववियु झापा अध्यक्ष समर्पण खतिवडा लगायत युवा संघ , अनेरास्ववियु र एमालेका स्थानिय नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो।   

तपाईको प्रतिक्रिया