काठमाडौँ । भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज हुँदैछ । कोलम्बोमा हुने खेल दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । पाहुना टोली भारतको कमान शिखर धवनले सम्हाल्ने छन् । भारतले आफ्ना टोलीका मुख्य खेलाडीलाई इंग्ल्यान्ड भ्रमणमा पठाएको छ ।

घरेलु टोली श्रीलंकाको कप्तानी दशुन शनकाले गर्ने छन । दबै टोलीले नयाँ कप्तान पाएको छ । भारत र श्रीलंका बीचका अघिल्लो चार खेलमा भारत विजयी भएको थियो । भारतको कमजोर टोली भएकाले श्रीलंकाले मात दिन सक्ने क्रिकेटका जानकार बताउछन ।

भारतको सम्भावित प्लेइङ–११

शिखर धवन (कप्तान), पृथ्वी शा, सूर्यकुमार यादव, मनिष पाण्डे, सञ्जु सामसन विकेटकिपर), हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, भुवनेश्वर कुमार, दीपक चहर, नवदीप सैनी र युजवेन्द्र चहल ।

श्रीलंकाको सम्भावित प्लेइङ–११

अभिष्का फर्नांडो, पथम निसन्का, मिनोद भानुका (विकेटकीपर), धनन्जय डिसिल्भा, भानुका राजपाक्ष, दसुन शनाका (कप्तान), वानिन्दु हसारंगा, इसुरु उडाना, लक्षण सदाकन, दुश्मन्थ चमेरा र कसुन रजिता ।

तपाईको प्रतिक्रिया