झापा : गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्तुगलको अगामी कार्यकाल २०२१/२३ को लागी झापाको गौरादहका युबराज खनालले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन ।

झापा जिल्ला गौरादह नगरपालिका-२ स्थायी घर भएका खनाल बिगत लामो समयदेखि पोर्तुगलमा आफ्नो कर्मथलो बनाई बसेका छन ।

उनले नेपालीलाई एक ढिक्का बनाउनुको साथै एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए पोर्तुगलको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।

एनआरएनए पोतुगलमा खनालको उम्मेदवारी किन ???

* संघमा आर्थिक पारदर्शिता ल्याउन ।
* संघको आर्थिक पक्षलाई सबल बनाऊन ।
*संघको कोष अभिवृद्धि गरी विविध कार्यक्रम गर्न र नेपालमा विभिन्न समयमा हुने प्राकृतिक प्रकोप तथा बिपदमा सहयोग गर्न ।
* संघलाई राजनीतिबाट मुक्त राखी अप्रवासी नेपालीहरूको हकहितका लागी सक्रिय रहन ।

विभिन्न सामाजीक संघ संस्थामा आवद्ध खनालले लामो समयदेखि पोर्तुगलमा काम गर्दै त्यहाँ रहेका हरेक नेपाली हरुको समस्यालाई समाधान गर्दै सबैको मन मस्तिष्कमा बस्न सफल भएका छन ।

नेपाली श्रमिक,विद्यार्थी, व्यापारीहरुको, हकहितको लागि यहाँको सरकारी र गैरसरकारी संघ–संस्थासँग कुटनैतिक पहल गर्ने प्रतिबद्धता सँगै पोर्तुगल बासी नेपालीहरुलाई अगामी निर्वाचनमा अमुल्य मतको लागि खनालले अपिल समेत गरेका छन।

तपाईको प्रतिक्रिया