दमक, ३० साउन –  दमकको पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान बहुप्राविधिक शिक्षालयले गत शुक्रवारवाट डिप्लोमातर्फ तीनवर्षे सिभिल इन्जीनियरिङ र कम्प्युटर इन्जिनियरिङमा भर्ना खुला गरेको छ  ।

झापाको दमकमा पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान अन्तर्गत पोलिटेक्नीकल कलेजले गत बर्षदेखि दमकमा इन्जीनियरिङ पढाउन सुरु गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेतका अनुसार सिटीइभिटीको सम्बन्धनमा गतवर्ष देखि प्राविधिक विषयतर्फ सिभिल इन्जीनियरिङ र कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु गरिएको हो ।प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद र प्रतिष्ठान को साझेदारीमा संचालित सो कार्यक्रममा सरकारले तोकेका विभिन्न आरक्षण कोटाको समेत व्यवस्था गरिएको प्रतिष्ठानका अध्यक्ष  बस्नेतले जानकारी दिए ।

दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालयले तीन वर्षे सिभिल इन्जीनियरिङ र कम्प्युटर इन्जिनियरिङको पठनपाठन शुरु गरेको अध्यक्ष बस्नेतले बताए ।। यो कोर्ष एसइइ उत्तीर्ण भएपछी पढन सकिने छ । उनका अनुसार एसईई परीक्षामा अनिवार्य गणित र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त र अंग्रेजी विषयमा न्युतम डि प्लसं ग्रेड प्राप्त गरेको हुनुपर्ने छ ।

हाल उक्त बिषयमा ४८ जना विद्यार्थी अध्ययनरत छन् ।

। दुबै बिषयमा यस बर्ष ४८, ४८ जना भर्ना हुने छन् । अध्यक्ष बस्नेतका अनुसार याेग्यता पुगेका विद्यार्थीलाइ फारम भर्न आवेदन खुल्ला गरिएकाे छ ।

फारम भर्ने तरिका :

सबै भन्दा पहिला तल दिएको लिंकमा क्लिक गरि CTEVT को फारम डाउनलोड गर्नुहोस

 https://pdma.org.np/?page_id=758

फारम डाउनलोड गरिसकेपछि फारम शुध्दसंग भर्नुहोस र तपाइले भरेको फारम mobile वा scanner मा scan गरि तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।

https://pdma.org.np/?page_id=758
त्यहाँ दिएको file upload option मा गई आफ्नो फारम submit गर्नुहोस् ।

थप जानकारी का लागि:
पुष्प -धीरेन्द्र स्मृति प्रतिष्ठान दमक १ झापा ,
9852670517/9806040123/9852650555,
9869766078,  [email protected]

तपाईको प्रतिक्रिया