झापा : गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्तुगलको अगामी कार्यकाल २०२१/२३ को लागी कोषाध्यक्षमा झापाको गौरादहका युबराज खनाल बिजय भएका छन्  ।

झापा जिल्ला गौरादह नगरपालिका-२ स्थायी घर भएका खनाल बिगत लामो समयदेखि पोर्तुगलमा आफ्नो कर्मथलो बनाई बसेका छन ।

कोषाध्यक्ष खनालले निकटतम् प्रतिस्पर्धी शान्ति अधिकारीलाई भारी मतका साथ पछि पार्दै अध्यक्षमा विजयी भएका हुन । उनले ५८० मत पाउँदा प्रतिस्पर्धी शान्ति अधिकारीले २९६ मत मात्रै प्राप्त गरिन ।

क्रान्तिकारी विचार भएका खनाल नेपालमा छोटो समय रहदा पनि सामाजिक र राजनीतिक वृत्तमा निकै चर्चा कमाउन भ्याएका थिए।

प्रवासी नेपालीका हरेक समस्यालाई बलियो रुपमा उठाउनु आफ्नो प्रमुख उद्देश्य रहेको बताउने खनाल एन आर एन ले अझै सशक्त ढंगले नेपालमा लगानी बढाउनुपर्ने पक्षमा आफू लाग्ने प्रतिबद्धता जनाए।

सम्रिद्द नेपाल बनाउन एन आर एन देन बलियो हुने बताउने खनाल पोर्चुगलमा रहेका नेपालीहरु पनि नेपालका हरेक क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउछन्।

खनालले संघमा आर्थिक पारदर्शिता ल्याउन, संघको आर्थिक पक्षलाई सबल बनाउन, संघको कोष वृद्दि गरी विविध कार्यक्रम गर्न, नेपालमा आइपरेका विभिन्न समस्या तथा प्राकृतिक विपद् लगायतमा सहयोग गर्न, संघलाई राजनीतिबाट मुक्त गराई आप्रवासी नेपालीको हकहितका लागि सदैब सक्रिय रहने खनालले बताए ।

विभिन्न सामाजीक संघ संस्थामा आवद्ध खनालले लामो समयदेखि पोर्तुगलमा काम गर्दै त्यहाँ रहेका हरेक नेपाली हरुको समस्यालाई समाधान गर्दै सबैको मन मस्तिष्कमा बस्न सफल भएका थिए ।

तपाईको प्रतिक्रिया