काठमाडौँ : इन्डियन आइडलको १२ औं संस्करण पवनदीप राजनले जितेका छन् ।

आइतबार राति भएको ग्राण्ड फिनालेमा भारत उत्तराखण्डका पवनदीप राजनलाई इन्डियन आइडल १२ औं सिजनको विजेता घोषणा गरिएको थियो ।

उनले ट्रफि, कार र २५ लाख भारतीय रुपैयाँ हात पारेका छन् ।

यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् ।

तपाईको प्रतिक्रिया