दमक /  झापाको कमल ६ स्थित हिमाली बोर्डिङ स्कुले शिक्षा पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

पत्रकार मञ्चमाको सिफारिसमा हरेक वर्ष १ जना पत्रकारलाई हिमाली शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

मंगलबार दमकमा आयोजित कार्यक्रममा बोर्डिङका संस्थापक निर्देशक जीवन सापकोटाले हरेक वर्ष १५ हजार ५ सय ५५ रुपैया बराबरको पुरस्कार प्रदान गरिने जनाउनुभयो ।

त्यस्तै सोही कार्यक्रममा दमकको डाइनामिक पब्लिक लाइब्रेरी लाई 20 लाख रुपैयाँको सेयर निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बोर्डिङका प्रीन्सिपल अच्युत गौतमले कक्षा १२ सम्म पढाई हुने सो विद्यालयमा कक्षा ११ मा ११ वटा विषयमा विद्यार्थीको रोजाइ अनुसार पढाइ हुने बताउनुभयो ।साथै एसइइ मा A+ ल्याउने बिद्यार्थीलाई शिक्षा संकायमा ११ र १२ निशुल्क पढाउने र एउटा ल्यापटप बिधालयले उपलब्ध गराउने बताउनु भयो ।

फेसन डिजाइन , कानुन , होटल म्यानेजमेन्ट साथै शिक्षा संकायमा विभिन्न बिषयहरु ल्याइएको बताउनु भयो । स्व-उधम र रोजकार मुखी शिक्षा प्रदान गर्ने विद्यालयबाट कक्षा १२ उत्रीर्ण हुने विद्यार्थी आफैंले रोजगारी सिर्जना गर्नसक्ने र नसके विद्यालयले नै रोजगारीको अवसर दिन नसकेको उहाँको भनाइ थियो । परम्परागत शिक्षा प्रणालीमा परिवर्तन गरी नौलो विश्वस्तरीय प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्न विद्यालयले आफ्ना नविन कार्यक्रमहरु ल्याएको कार्यक्रममा बताइएको थियो ।

तपाईको प्रतिक्रिया