साहित्यकार तोयानाथ चापागाईं

 

दमक/भारतको स्वतन्त्रता दिवसका अवसरमा अङ्ग्रेजी साहित्यमा योगदान पुर्याएका अङ्ग्रेजी साहित्यकार झापा दमकका लायन्स कल्ब दमक हेल्पिङ हर्टसका सचिब तोयानाथ चापागाईंसहित दमकका तीन जना  अंग्रेजी साहित्यकारहरु भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका छन ।

साहित्यकार खेमलाल पोखरेल

पुरस्कृत हुनेहरुमा दमककै अंग्रेज़ी साहित्यको नया आयाम साइनोका प्रतिपादक खेमलाल पोख्रेल र विष्णु प्रसाद भट्टराई  हुन ।  अंग्रेजी साहित्यमा विशेष योगदान पुरयाए वापत उनीहरुलाई भारतको ७५ औं स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको हो ।

साहित्यकार बिष्णु प्रसाद भट्टराई

 

दिवसको उपलक्ष्यमा विश्व अंग्रेजी साहित्यकारहरुको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्त रुपमा सो अवार्ड प्रदान गरेका हुन ।

अवार्ड पाउने ६ जना अंग्रेजी साहित्यकार नेपालीहरुमा  कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले रहेका छन । आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा. विष्णु पाण्डेय हुन ।

सो कार्यक्रममा विश्वका ४४० अंग्रेज़ी साहित्यकार पुरस्कृत भएका हुन ।

 

तपाईको प्रतिक्रिया