काठमाडौं- हाँस्य कलाकार घनश्याम गाैतम ‘नक्कली प्रचण्ड’ ले गाईजात्रे प्रस्तुति ‘ट्वाकेन्द्रसँग मनका कुरा’ बजारमा ल्याएका छन् ।

कडा खबरकाे निर्माणमा तयार भएकाे गाईजात्रे कोशेलीलाई कलाकार गाैतमले लेखन तथा निर्देशन गरेका हुन् ।

अन्य गाईजात्राभन्दा फरक शैलीमा प्रस्तुत गरिएकाे गाईजात्रा ट्वाकेन्द्रसँग मनका कुरालाई सञ्चारकर्मी चर्चित ढुङ्गेलले साथ दिएका छन् ।

अन्य गाईजात्रे प्रस्तुतिहरुमा प्रचण्ड बनेका कलाकार गाैतम याे गाईजात्रे प्रस्तुतिमा ट्वाकेन्द्र भएर आएका छन् ।

द्वन्दकालमा सहिद परिवारका सपना देशकाे भ्रष्टाचार र काेराेना खाेपकाे विषयमा ट्वाकेन्द्रले नेताहरुप्रति गरेकाे कटाक्ष र एउटा सामान्य नागरिकले देश चलाउने कसरी भनेर दिएकाे उपाय याे सामग्रीमा देख्न पाईने छ ।

क्यामरा तथा सम्पादन हरि कार्की, निर्माण संयाेजकमा चर्चित ढुङ्गेल हुनुहुन्छ भने निर्माण सल्लाहकारहरुमा पशुपति दंगाल र डम्बर घिमिरे रहनु भएकाे छ ।

उक्त गाईजात्रे प्रस्तुति कडाखबर युट्युवमा च्यानलमा हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया