दमक/ झापाको दमकस्थित मेची बहुउदेश्यीय सहकारी संस्थाको छैठौं कार्यकालका लागी नव निर्वाचित संचालक समिती तथा लेखा सुपरिवेक्षण समितिको पद हस्तान्तरण गरिएको छ ।


संस्थाको सभाहलमा आज आयोजित कार्यक्रममा औपचारिक रुपमा नव निर्वाचित पदाधिकारीहरुलाइ पद हस्तान्तरण गरिएको हो ।


छैठौं कार्यकालका लागि कार्यसमिति अध्यक्ष मा नारायण प्रसाद भट्टराई सर्वसम्मत रुपमा चयन हुनुभएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा पदम थापा , महिला उपाध्यक्षमा शान्ता गौतम , सचिबमा राजेन्द्र प्रसाद दाहाल , साथै सदस्यहरुमा काशीनाथ थपलिया , डिल्लीप्रसाद न्यौपाने , रामकुमारी तामाङ , मिनाकुमारी कोइराला , खेमराज घिमिरे , कृष्णप्रसाद शर्मा , सीता कार्की , होमनाथ गुरागाइ , मन्जुकुमारी फुयाल , गणेशबहादुर तामाङ र नरपती पाण्डे सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।


त्यस्तै लेखासुपरिवेक्षण तर्फ संयोजकमा हरिप्रसाद चापागाईं र सदस्यहरु कृष्ण प्रसाद दाहाल र सुमित्रा सुवेदी हुनुभएको हो ।नवनिर्वाचित सम्पुर्ण पदाधिकारी हरु सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

 

 

तपाईको प्रतिक्रिया