काठमाण्डाै – मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र  भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् ।

तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

 

अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ।

तपाईको प्रतिक्रिया