दमक। झापाको दमकलाई पर्यटकीय नगर बनाउन सौन्दर्यकरण अभियान शुरु गरिएको छ। दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा गठित कार्य सम्पादन उप समितिले अभियान शुरु गरेको हो।

आजदेखि शुरु गरिएको सो अभियानमा दमकका विभिन्न २२ संघसंस्थाको सहभागिता रहेको छ। आज रतुवा पुलदेखि वालुवाटारसम्म सरसफाई गरिएको छ। साथै रतुवा नदीको बाँध पूर्वको जमिन एक महिना भित्र खाली गर्न वडा नम्बर-८ का वडा अध्यक्ष पशुपति राज गौतमले त्यहाँका बासिन्दालाई अल्टिमेटम समेत दिनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गौतमले यस्तो अल्टिमेटम दिनुभएको हो। कार्यक्रममा वडा नम्बर-६ का वडा अध्यक्ष टेकबहादुर थापाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यस अभियानमा सबैको साथ हुनुपर्ने बताउनुभयो।

संक्षीप्त औपचारिक कार्यक्रममा बोल्दै यस अभियानका अभियान्ता समेत रहनु भएका नेकपा माओवादि केन्द्रका स्थानीय नेता गगन पुरीले दमकका नदिहरुलाई सौन्दरर्यकरण गरि पर्यटन प्रबर्धन गर्न सकिने औँलाउनु भयो । रतुवाका किनारमा बृहत बृक्षारोपण गरेर हिड्ने बाँटोमा लकिङ इटा सहितको पैदल मार्ग बनाउने, ठाउँ ठाउँमा फलैँचा निर्माण गरिने र बिचमा एउटा व्यायाम स्थल बनाउने हो भने यो क्षेत्रमा बिहानै देखी बेलुका सम्म पनि मानीसहरुको आवागमन हुन सक्ने उहाँले औल्याउनु भयो ।

बिहान पैदल हिडडुल गर्न , सामान्य दौडीन , र व्ययाम गर्न रुचाउनेहरु यहाँ आउने, दिउँसो यहाँको आकर्षणसँग रमाउन टिकटिक बनाउने जमात आउने र साँझ पनि यस ठाउँमा हिड्न रुचाउनेहरु आउने हुनाले यस ठाउँको आकर्षण बढ्ने उहाँको भनाई छ । यती मात्र होईन दमक भित्र रहेका दिपिनी, बेतनी तथा राते होलीलाई सौन्दर्यकरण गर्न सकेमा त्यहाँ सानाखालको बोर्डिङ ( नाउ) समेत सञ्चालन गर्न सकिने उहाँले बताउनु भयो ।

त्यस्तै लायन्सकर्मीहरुको प्रतिनिधित्व गर्दै लायन्स लिडर ज्ञान नाथ पौडेलले यस अभियान सबैको साझा अभियान भएकाले दमक सौन्दर्यको लागि राजनीति भन्दा माथि उठेर काम गर्न अनुरोध समेत गर्नु भयो।

लिडर पौडेलले सबै संघसंस्थाको सहयोग रहने प्रतिवद्धता समेत जनाउनु भयो। कार्य सम्पादन उपसमिति का संयोजक खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रम उद्योग वाणिज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले संचालन गर्नु भएको थियो। सफाइ अभियानमा दमक उद्योग वाणिज्य संघ, पहिलो पाइला, रोटरी क्लब,  २२ वटा लायन्स क्लवहरुका प्रतिनिधि , दमक रेडक्रस, राजनीतिक कर्मी लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया