दमक, –झापाको गौरादहमा परिवर्तनका लागि युवा अभियानको गठन भएको १ बर्ष पूरा भएको छ । नगरपालिकामा राजनीति एकाधिकार बढेको, भ्रष्टाचार र अनियमितता मौलाएको, जनप्रतिनिधिहरु जनचाहना बिपरित चलेको भन्दै स्वतन्त्र युवाहरूको स्वतस्फूर्त भेलाबाट अभियान गठन भएको थियो ।

राजनीतिक व्यथितीको अन्त्य गर्न युवाहरु संगठित भएर समाजमा देखिने भ्रष्टाचारजन्य क्रियाकलापको अन्त्य गर्नमा अभियान महत्त्वपूर्ण भुमिका खेल्ने अभियानका पुर्व सचिब अशोक कार्कीले बताए ।

 

परिवर्तनका लागि युवा अभियानले १ बर्षमा उल्लेखनीय कार्यहरु गरेको छ । कन्चन पोष्टसग कुरा गर्दै एक स्थानीयले भने गौरादहमा भ्रष्टाचार र कुरिती बढेको भनेर सबैले भन्थिए तर कसैले खवरदारी गर्न सकेको थिएनन तर यस परिवर्तनका लागि युवा अभियानले नगरपालिकाको बेतिथी र भ्रष्टाचार बिरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । समाजमा परिवर्तन गर्नलाइ यस्तै संस्थाले मात्र गर्छ उनले भने ।

१ बर्ष अवधिमा अभियानले के के कार्य गर्यो त ?

* परिवर्तनका लागि युवा अभियानले बलात्कार तथा लैंगिक हिंसा बिरुद्ध मौन प्रदर्शन गरेको थियो । जसमा गौरादह बजार देखि डिपु चोक सम्म कालो पट्टी र बाधेर हातमा प्लेकार्ड बोकेर मौन रुपमा प्रदर्शन गरेको थियो । जसमा २०० जना भन्दा बढीको उपस्तिथि रहेको थियो ।

* बहुचर्चित गौरादह चामल काण्डमा अभियानले निरन्तर रुपमा खबरदारी गरेको थियो । अभियानले चामल काण्डको बिषयमा निष्पक्ष रुपमा छानबिन हुनु पर्ने माग राख्दै नगरपालिकामा समेत प्रदर्शन गरेको थियो ।

* गौरादह न पा वडा न १ का एक अग्नि पिडित वृद्धलाई अभियानका सदस्यहरुले संकलन गरेर केही आर्थिक सहयोग गरेको हो । अभियानका सदस्य लगायत इच्छुक सहयोगी मनहरुलाइ जोड्दै अभियानले आर्थिक सहयोग गरेको हो ।

* गौरादहलाई हरित तथा सुन्दर नगर बनाउने उदेश्यले डिभिजन बन कार्यलयको सहयोग र ओमकार टाइम्स मिडिया र पर्दाफास मिडिया प्रा लि को सहजीकरणमा निशुल्क बिरुवा बितरण गरिएको थियो । जसमा नगरपालिका भरिका १५ सय घरपरिवारलाइ निशुल्क उन्नत जातका बिरुवा बितरण गरेको थियो ।

* अन्तरास्ट्रिय युवा दिवसका अवसरमा झापाको गौरादह डिपु चौकमा राष्ट्रिय झण्डा झण्डोत्वलन गरिएको थियो ।युवा दिवसको अवसर पारेर राष्ट्रिय एकता र देशभक्तीको आभास दिदै राष्ट्रिय झण्डा झण्डोत्वलन गरिएको थियो ।

त्यस्तै अभियानले कोरोनाविरुद्ध को खोप अभियान कार्यक्रममा भिडलाई ब्यवस्थापन गर्नलाई स्वयंसेवक सेवकको भुमिका निर्बाह गरेको थियो ।

अभियानका अध्यक्ष भुवन खड्काले कोरोना महामारिको कारण देशमा भएको निषेधाज्ञाका कारण पनि धेरै कार्यहरु गर्न नसकिरहेको भन्दै आगामी दिनहरुमा निरन्तर रुपमा लागि पर्ने बताए । गौरादहबाशी सम्पुर्ण दाजुभाइ ,दिदिबहिनी आमाबुबा सम्पुर्णको माया र साथका कारणले नै एक बर्ष अबधिमा यतिका कार्यहरु गर्न सकिएको बताए । आगामी दिनहरूमा  सम्पुर्ण गौरादहबाशी हरुको साथ र सहयोग को आशा गर्दै भ्रष्टाचार कुरिती विरुद्ध निरन्तर रुपमा अगाडि बढ्ने खड्काले  बताए ।

 

तपाईको प्रतिक्रिया