झापा – गौरादह बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिको कार्यबाहक सभापतिको जिम्मा डिक खड्कालाई दिईएको छ । कार्यव्यस्तता देखाउदै वर्तमान इकाई समिति सभापति मोहन दंगालले कार्यवाहक सभापतिको जिम्मा खड्कालाई दिएका हुन ।

यसअघि खड्का ईकाई सचिवको भुमिकामा थिए । क्याम्पसका नेविसंघ उपसभापति रोशन निरौला स्नातकोत्तर गर्न जिल्ला बाहिर जाने भएपछी खड्का कार्यबाहक सभापती चुनिएका हुन ।

विद्यार्थीको हकहितमा खरो रुपमा आवाज उठाउन सक्ने खड्काको परिचय छ । खड्कामा विद्यार्थीलाई सहि काममा परिचालन गर्न सक्ने क्षमता भएको नेविसंघ नगर सभापति बाबुराम नेपाल बताउछन । खड्काको कार्यकालमा गौरादह क्याम्पसमा नेविसंघ अझ दर्बिलो हुने नेपालले बिश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया