काठमाडौँ : चारदिने नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन ( एमसिसी ) को टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै छ। नेपालमा एमसिसीबारे अनेक प्रश्न र विवाद जन्मिएकाले एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल भ्रमणका लागि आएको हो ।

आज एमसीसी प्रतिनिधिमण्डलले कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा र सत्तारूढ गठबन्धनकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएको छ। बिहीबार बिहान विमानमार्फत काठमाडौं आइपुगेको एमसीसी टोली हरेक राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरिरहेको छ। टोली आएको दिनदेखि ४ दिनसम्म नेपाल भ्रमणमा रहेनछ।

एमसिसी टोलीले आएकै दिन हिजो बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र जनता समाजवादी पार्टी ( जसपा ) का अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेको छ।

तपाईको प्रतिक्रिया