गौरादह ; नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा प्रदेश नं १ अन्तरगतको प्रदेश सभा छेत्र न ५ (क) को सभापतिमा सामाजिक परोपकारी उर्जावान युवा जिवन राईले आफ्नो उम्मेदवारीको घोषणा गरेका छ्न ।

१३ औं महाधिबेशनमा नेपाली काङ्ग्रेसमा महाधिवेशन प्रतिनिधि समेत रहेका राई उधोग बाणिज्य संघ गौरादहको निबर्तमान अध्यक्ष समेत हुन ।लायन्स क्लब तथा अन्य महत्त्वपूर्ण परोपकारी सस्थाहरुमा आवद्ध राई गौरादहका एक प्रतिष्ठित निर्माण कम्पनी प्रजिना कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर हुन ।

आफ्नो ब्यबसाय बाट कमाएको मुनाफा बाट विभिन्न समयमा गरिब दुखी हरुलाई आइपरेको दु:खमा आफ्नो ल्याकतले भ्याएसम्मको आर्थिक सहयोग तथा अत्यावश्यक खाध्यान्न र लत्ताकपडा बितरण गरेर समाजमा रहेका बिरामी , असक्त, गरिब बिपन्न बर्ग तथा निमुखा बर्गको ढुकढुकी बन्न सफल राई समाजसेवी पनि हुन ।

समाज सेवाको अग्रणी भुमिकामा रहेका राईले नेपाली काङ्ग्रेसको १४औं महाधिबेशनमा प्रदेश न १ अन्तरगत प्रदेश सभा छेत्र न ५ (क) को सभापतिमा उम्मेदवारी दिएका छ्न ।

तपाईको प्रतिक्रिया