मेघराज राउत

दमक : लायन्स कल्ब अफ दमक हेल्पिङ हर्टसले आर्थिक अवस्था कमजोर भएका सामुदायिक बिधालयमा शैक्षिक सामाग्री बितरण तथा अभिभावकत्व ग्रहण गरेको छ ।

दमकमा अध्ययन गरिरहेका सामुदायिक बिधालयमा अध्ययनरत ३२ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । महालक्ष्मी आधारभुत बिधालय दमक-९ मा एक कार्यक्रम आयोजना गर्दै उक्त सामाग्री बितरण गरिएको हो ।बिद्यार्थीहरुलाइ स्कुलको पोशाक , ब्याग , जुत्ता लगायत शैक्षिक सामाग्री बितरण गरिएको संस्थाका अध्यक्ष लायन गंगादेव चौधरीले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि लायन अजय अग्रवाल ( MD . 325A Governer ) , विशिष्ट अतिथि Area 2 impact leader लायन ज्ञाननाथ पौडेल लगायत लायन्सकर्मी सदस्यहरुको उपस्थिति रहेको थियो ।

सो शैक्षिक सामाग्री बितरण कार्यक्रम जोन चियर काशी खाती अन्तर्गतको जोन हेल्पीङ हर्टस क्लबको आयोजनामा गरिएको हो ।

तपाईको प्रतिक्रिया