दमक: कोरोना महामारीको जोखिम भएको भन्दै बन्द रहेका दमकका विद्यालयहरु अव खुल्ने भएका छन् । कोरोनाको जोखिम केहि कम भएपछि दमक नगरपालिकाले आफ्नो मातहतमा रहेका शैक्षिक सस्थाहरुलाई सञ्चालन गर्न निर्देशन गर्ने भएको छ ।

सोमबार दमकमा रहेका निजी विद्यालयका सञ्चालकहरु र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग विद्यालय सञ्चालन सम्बन्धमा सुुझाव मागिएको थियो । सोहि सुझावका आधारमा मंगलबार नगरपालिकाको शिक्षा समितीले असोज पहिलो साताबाट भौतीक उपस्थितीमै विद्यालय सञ्चालन गर्ने निणर्य गरेको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार दमकका विद्यालय सञ्चालन गर्ने निणर्य भएको हो । जसमा कोरोनाबाट बच्ने उपायहरु पूणर्रुपमा पालना गर्नुपर्ने छ ।

कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दुरी कायम गराउनु पर्ने , मास्कको प्रयोग गराउनु पर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडी हात धुने व्यवस्था गरिनु पर्ने , भिडभाड र जम्मा हुन नदिन आलोपालो पद्धतीद्धारा पठन पाठन गराउनु पर्ने लगायतका मापदण्ड पालना गराउन सक्ने विद्यालयले विद्यार्थीको भौतिक रुपमै पठन पाठन गराउन सक्ने न्यौपानेले बताए। यसको दमक नगरपालिकाले निरन्तर अनुगमन गर्ने न्यौपानेले बताए ।

 

तपाईको प्रतिक्रिया