दमक / नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा प्रदेश नं १ अन्तरगतको प्रदेश सभा छेत्र न ५ (क) को सभापतिमा जीवन राइले उम्मेदवारी दिएका छ्न ।

आम नेता कार्यकर्ताहरूको मर्म र भावना बुझ्ने तथा समाजसेवामा निरन्तर लागीपरेका समाज रूपान्तरण र गौरादह बासीलाई दुःख सु: खमा साथ दिने लोकप्रिय तथा समाज सेवी आदरणीय युवा नेता जीवन राइले आसन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा झापा क्षेत्र ५ (क)क्षेत्रीय सभापतिको नेतृत्वको उम्मेदवारी दिएका छ्न ।

 

पार्टी संगठन मजबुत पार्न लागि परेका राइ युवा तथा जेष्ठ नागरिकका आसा र भरोसाका केन्द्र हुन ।

प्रस्तुत छ आसन्न १४ औ अधिबेशनलाई लिएर कन्चन पोष्टका समचार सम्पादक सुमीत भण्डारीले उनिसग गरिएको कुराकानी :—

 

नेपाली काङ्ग्रेसको १४ औँ अधिबेशनमा कुन क्षेत्रको कुन पदमा उम्मेद्बारी दिनुभएको छ ?

सर्वप्रथम सबै साथीहरुलाई जय नेपाल!
म जिवन कुमार राई! नेपाली कांग्रेस १४औँ महाधिवेशनमा , मेरो उमेद्वारी प्रदेश सभा झापा क्षेत्र नं.५ क’ को प्रदेश क्षेत्रिय सभापतिमा हो।

 

क्षेत्रीय सभापतिमा पदमा नै यहाको उम्मेद्बारी किन ? तपाईका मुख्य एजेन्डा के के छन ?

हेर्नुस! म गाउ केन्द्रित राजनितीमा आफुलाई समर्पित गर्दै यसै क्षेत्रलाई आधार क्षेत्र बनाएर राजनैतिक तथा समाजिक गतिविधिलाई निरन्तरता दिदै आएको व्यक्ति हु।यो क्षेत्रका जनता र पार्टिका साथी भाईहरु संग मेरो बर्षौ देखीको आत्मीयता र भावनात्मक समिप्यता छ।निर्वाचन आफैमा एउटा परिक्षाको घडि पनि हो।म प्रतिको मेरो मुल्यांकन आफ्नो ठाउमा छ। मेरो कर्म र कार्यसम्पादनशैलीको आधारमा म यहि पदका लागी उपयुक्त छु भन्ने पार्टिका क्षेत्रिय प्रतिनिधि साथीहरु संगै कै सर-सल्लाहमा मैले यस पदमा आफ्नो उमेद्वारी पेश गरेको हु।

पार्टि भित्रको आन्तरिक निर्वाचन भएकाले मेरो ऐजेण्डा पहिलो ऐजेण्डा त पार्टिलाई एककृत र एकढिक्का बनाउनु भन्ने नै हुन्छ।

त्यसपछि मेरो कार्यक्षेत्र, दक्षता र क्षमताले भ्याए सम्म पार्टिसंग जनतालाई जोड्ने दीर्घकालिन कार्य योजनाहरु हुन्छन।
मुख्य कुरा के हो भने।हामी कम बोल्छौ र धेरै भन्दा धेरै काम गर्छौ।

 

१३ औं महाधिबेशनमा नेपाली काङ्ग्रेसमा महाधिवेशन प्रतिनिधि रहनुभएको अघिल्लो कार्यकाल कस्तो रहयो ? नेपाली काङ्ग्रेसको यस क्षेत्रमा तपाइले देख्नु भएको चुनैती के के छन ?

 

मेरो कार्यकाल कस्तो रह्यो भनेर म स्वयमले भन्ने भन्दा जनता जनार्दन, यसै क्षेत्रका पार्टिका कर्मशिल योद्धा-सहयोद्धा साथीहरुलै मुल्यांकन र निर्धारण गर्ने कुरा हो।
अनुभवकै कुरा गर्दा, अघिल्लो पटकम महाधिवेश प्रतिनिधिमा विजयी गराएर पठाउने पार्टिका विवेकशिल साथीहरुले मेरो काधमा विश्वास गरेर ज़िम्मेवारी दिनुभयो भन्ने लागेको छ।सोहि जिम्मेवारीको फलस्वरुपमा म हिजो भन्दा आज अझै बढि परिपक्क भएर आएको छु।

संगठनको जिम्मेवारी लिएर जनताको घर-घर पुग्दै गर्दा, यसक्षेत्रका जनताको नेपाली कांग्रेसको गर्विलो ईतिहास, देशलाई पटक पटक सफल नेतृत्व प्रदान गरेको अनुभव र भविष्यप्रतिको शुनिश्चितता लगायत संग्रमा हाम्रो पार्टि प्रतिको सम्मान र सद्भाव एकदमै उच्च रहेको पाएको छु।
यसरी पार्टिप्रति सद्भाव राख्ने आम नागरिकको संख्या उल्लेखनीय हुदा हुदैपनि हामीले पार्टिमा समेट्न नसक्नु दुखद कुरा हो।मुख्य चुनौती त पार्टिमा रहिरहनु हुने साथीहरुको सम्मानजनक व्यवस्थापन र नया साथीहरुलाई पार्टिमा समायोजन नै हो।

मेरो उमेद्वारी विशेषत: व्यक्तिकेन्द्रित नेतृत्वको संस्कारलाई विस्थापित गरेर सामूहिक नेतृत्व प्रणालीलाई विस्तार गर्दै,
भावि पुस्तालाई कांग्रेसमा आकर्षित गरेर, अझै ठुलो र गर्विलो संगठन यस क्षेत्रमा निर्माण गर्नु हो।

“हामी भित्र म! सबै अट्ने देश-सबैलाई जोड्ने कांग्रेस!” भनेर पार्टिले परिकल्पना गरेको सामूहिक नेतृत्वको भावनालाई स्थापित गर्ने जनताका दुख-सुखको साथी र सारथी बन्ने क्रमलाई अझै जिम्मेवार र संवेदनशील भएर निरन्तरता दिनका लागी हो भनौ।

 

झापाको को क्षेत्र न ५ भने पछि नेकपा एमालेको क्षेत्र भन्ने बुझिन्छ नि ? यस बिषयमा तपाईं के भन्नू हुन्छ ?

 

तपाईको प्रश्नमै मेरो विमती छ।पहिलो कुरा निर्वाचन क्षेत्र भनेको सिंगै भूगोल हो।एउटा निर्वाचनमा कुन दलले के परिणाम ल्यायो भन्ने कुराले एउटा भूगोललाई पार्टिको विर्ताकोरुपमा चिनाउनु खोज्नु सरासर गलत हो।र यो आम मतदाता जनताको अपमान पनि हो।

हिजो भएका निर्वाचनहरुमा ऐमालेले यसक्षेत्रबाट सुखद परिणाम ल्याएको हो।तर त्यहि कारणले सिंगो क्षेत्रलाई आफ्नो नाममा नामसारी उहाहरुले गर्नुहुन्छ भने राजनितीमा यो भन्दा ठुलो मूर्खता अर्को के हुन्छ?

मतपरिणाम त जनताले निर्धारित गर्ने कुरा हो।हिजो उहाहरु विजेता बन्नु भयो होला, भोली हामी बन्छौ।

सांगठनिक संरचनाकै कुरा गर्ने हो भने, उहाहरु भन्दा धेरै हामी जनताको घर-आगनमा पुगेका छौ।यो माटोमा हाम्रो पार्टिको ७दशक भन्दा लामो लगानी छ।त्यति नै लामो आत्मीयता पनि छ।  चुनावि ऐजेण्डा कसेको बिक्न सफल भयो, कसको भएन भन्नै मात्रै न हो।

तर यसपछिका निर्वाचनहरुमा हामी यसक्षेत्रलाई विर्ताको रुपमा सम्झने उहाहरुको भ्रमलाई जनताको साथ-सहयोग र जनताकै सक्रियतामा हटाउछौ।

 

तपाईं सग चुनावी मैदानमा अन्य प्रतिस्पर्धि नि हुनुन्छ होला । क्षेत्रीय सभापति पदमा म नै योग्य उम्मेद्बार हो भन्ने तपाइका आधार के के छन ?

 

यसलाई प्रतिष्पर्धा नभनौ।यो त पार्टिभित्रको आन्तरिक लोकतन्त्रलाई जिवन्त राख्ने एउटा पद्धति हो।हामी सबै नेपाली कांग्रेसले परिकल्पना गरेको लोकतान्त्रिक व्यवस्थाका हिस्सेदार हौ।लोकतान्त्र भनेकै जनस्तरबाट अनुमोदित हुदै आउने व्यवस्था हो।पार्टिको आन्तरिक निर्वाचन यो एउटा अवश्यम्भावी विषय हो।

पक्कैपनि पार्टिका अन्य साथीहरुले पनि क्षेत्रिय सभापतिमा उमेद्वारी दिनु भएको छ।

विकल्पका तमाम उमेद्वारहरु मध्ये म योग्य अथवा अर्को अयोग्य भन्ने पक्षमा म छैन।पार्टिको एउटै झण्डा र एउटै मोर्चामा खटिने हामी सहयोद्धाहरु हौ।सबैको योगदान आ-आफ्नो क्षेत्रबाट अतुलनीय नै छ।हामी त पार्टिबाट लिन भन्दा पार्टिको माध्यमबाट आफुले सकेको योगदान देश र जनतालाई दिन राजनितीमा आएका हौ।

म नै किन भने मेरो स्पष्टीकरण मैले नै दिनु पर्दा, पार्टिका गतिविधिहरु लिएर सम्भव भएसम्म यस क्षेत्रका हरेक कृयाशिल साथीहरुको घर-आगन पुगेको छु।पार्टिको भविष्य र रणनीतिमा ठाउ-ठाउमा हामीले वहसहरु गरेका छौ।पार्टिका साथीहरुको सुख दुखमा सम्भव भएसम्म तन, मन, वचनले सहभागि बनेको छु।न्याय-अन्यायका कुरामा पार्टिका साथीहरुको ढाल भनेर उभिएको छु।जस्तो मलाई लाग्छ।तरपनि यो सबै मुल्यांकन गर्ने जिम्मा पार्टिका साथीहरुकै हो।

 

यदि तपाईं क्षेत्रीय सभापति पदमा आउनु भयो भने तपाइँको योजना के के छन ? नेपाली काङ्ग्रेसको यस क्षेत्रमा कस्तो सुधार आउँछ ?

 

म क्षेत्रिय सभापति हुदै गर्दा सर्वप्रथम त ‘सहमती, सहकार्य र एकता’को भावनालाई पार्टिके तल्लो भन्दा तल्लो तहसम्म सम्प्रेषण गर्ने मेरो मुख्य योजना हुन्छ।पार्टिका सवै साथीहरुलाई योग्यता, क्षमता र योगदानका आधारमा जिम्मेवारी बाडफाड गरेर सबैलाई एउटा गोलोघेरामा समेटेर लाने मेरो प्रयत्न र प्राथमिकता नै हुन्छ।

पार्टिको भविष्य, संगै संगै पार्टिप्रति समर्पित हाम्रो भविष्यका बारेमा हामी सामूहिक चिन्तन गर्छौ।पार्टिमा कर्मशीलहरुलाई सम्मान गर्ने, योगदानलाई कदर गर्ने र क्षमातवानहरुलाई प्रोत्साहन गर्ने दीर्घकालिन योजनाहरु हामी बनाउछौ।र मुख्य कुरा हामी कागजमा योजना मात्रै बनाउदैनौ, मैदानमा खटेर योजना अनुरुप काम पनि गर्छौ।

सांगठनिक हिसावले हामीले हिजोका दिनमा भोगका दुखद र सुखद नतिजाहरुको समिक्षा गरेर दिन-प्रतिदिन संगठनलाई अझै बढी व्यापक र अझै सुदृढ बनाएर अघि लिएर जानेछौ।यसमा मलाई युवा पुस्ताहरुको साथ र अनुभवका आधारमा पाकाहरुको आशिर्वाद सदै रहिरहनेछ भन्ने विश्वास गरेको छु।

 

  यस क्षेत्रमा आगामी निर्वाचनमा जित हासिल गर्न नेपाली काङ्ग्रेस ले सक्छ कि सक्दैन ?

 

अवश्य सक्छ।सक्दैन भन्ने प्रश्न नै आउछैन।प्रतिकुल परिस्थितिका बावजुदपनि हिजो हामीले स्थानीय निर्वाचनमा तुलनात्मकरुपमा सुखद नतिजा ल्याएको हैन।मैलै अघिनै भनिसके।यस क्षेत्रमा हाम्रा पार्टिप्रति सदासयता व्यक्त गर्नेको संख्या धेरै छ।त्यसलाई पार्टिको शक्तिको रुपमा ग्रहण गर्न हामीलाई सामूहिक नेतृत्वको नविन अवधारणा। र केहि नया अनुहारहरु पनि चाहिन्छ।संगठनको व्यवस्थापन मुख्य विषय हो।हामी भित्रको एकतालाई कायम राख्न सक्ने हो भने यो क्षेत्रमा हरेक पटक जित हाम्रो हुने निश्चितै छ नि।
उमेद्वारी चयन र चुनावि सन्तुलनका केहि प्राविधिक विषयहरुले हामी पछि परेका मात्रै हौ।संगठन हाम्रो हिजो पनि मज़बूत थियो, आजपनि छ र भोली पनि रहिरहनेछ।
गत स्थानिय निर्वाचनमा नगर प्रमुख जस्तो प्रतिष्ठित स्थान हामीले हात पारेको हैन?

नेतृत्व लिनसक्ने योग्य व्यक्तिहरु प्रशस्तै हुनुहुन्छ हाम्रो पार्टिमा, जो यस क्षेत्रको धुलो-माटो संग परिचित हुन्छ।
म आत्मविश्वासका साथ भन्न सक्छु कि सामूहिक नेतृत्व स्थापना गर्न हामी सफल हुन्छौ र यो क्षेत्रलाई ऐमालेको किल्ला भनेर लागेको कालो धव्जा छ, यसलाई मेटाउन पनि सफल हुन्छौ।

 

 अन्त्यमा यस नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन आउदैछ यश बिषयमा केहि भन्न चाहनु हुन्छ ?

 

१४औँ महाधिवेशन हामी कार्यकर्ताका लागी त हर्सोउल्लासको पर्व ने बनेर आएको छ।पार्टिभित्रको आन्तरिक नेतृत्व चयनको यो आवधिक प्रकृया हो।यसले पार्टिलाई समयसापेक्ष समक्ष नेतृत्व दिनेछ भन्नेमा मा पूर्णतया आशावादि छु।

तपाईको प्रतिक्रिया